नेपालीहरुलाई राम्रो व्यवहार गर्न सांसद शाहको आग्रह 

प्रकाशित मिति:

सनिउल्ला धोबी/कपिलवस्तु- भारतीय एस वि आई बैंक बढनीमा नेपालीहरुलाई राम्रो व्यवहार गर्न नेपालका सांसद अभिषेक प्रताप शाहले आग्रह गर्नु भएको छ । स्टेट बैक अफ इंडीय बैंकका कर्मचारीले नेपालीहरुलाई दुव्र्यहार र अनावश्यक दुख दिने गरेको थाहा पाएपछी सांसद शाहले बैकमा पुगेर राम्रो व्यवहार गर्न अनुरोध गर्नु भयो र नेपालीहरुलाई भारतीय एस विआई बैंकमा सास्ती हुदै आएको छ । कपिलवस्तुको सिमाना जोडीएको छिमेकी मुलुक भारतको सिद्धार्थनगर जिल्ला बढनीमा रहेको भारतीय एस विआई बैंकले नेपालीहरुलाई विभिन्न बहान बनाई दुख दिने कार्य गरेको भन्दै सांसद शाहले असन्तुष्टी जनाउदै बैकलाई राम्रो प्रस्तुत गर्न आग्रह गर्नु भयो । नेपालीहरुका लागि हेल्प डेक्स निर्माण गर्न शाहले माग गर्नु भयो ।

आफ्नो खातामा रहेको रकम निकाल्न जाँदा नेपालीहरुले दुव्यवहार सहनु परेको नेपालीहरुले बताएका छन । नेपालका नागरिक अधिंकास भारतीय सरकारी सेवामा कार्यरत रहेकोले तलब भारतीय बैंकमा पठाउन गरिएको छ ।रकम निकाल्न जादा विहिबार कृष्णनगरका राजु शाही माथि दुव्र्यहार भएको थियो । शाहीले विहाना आफनो आमको खाताबाट रकम निकाल्न आमाको सहित बैंक गएपछी बैकका कर्मचारीहरुले दुव्र्यहार गरेका थिए । शाहीले बैकका कर्मचारीलाई सम्झाउदा बुझाउदा समेत कुनै सुनुवाई नभएपछी नेपालका सांसद शाहले बैकमा पुगेर राम्रो व्यहार गर्न आग्रह गर्नु भयो । बैकका प्रबन्धक पिके गुप्ताले आउने दिनमा बैकमा सेवा ग्रहीसगं राम्रो व्यवहार गर्न बताएका थिए । नेपालीको भारतसगं रोटी बेटीको सम्बन्ध रहेको बताउदै सांसद शाहले नेपालीहरुलाई सम्मान गर्न उहाले आग्रह गर्नु भएको छ ।