पर्यटनमन्त्री भट्टराई र इजरायली अर्थमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा इजरायलका उद्योग एवं अर्थमन्त्री एली कोहेनबीच भेटवार्ता भएको छ ।इजरायल भ्रमणमा रहेका मन्त्री भट्टराइले विहीबार त्यहाँका उद्योग तथा अर्थमन्त्री काहेनलाई भेटेका हुन् । भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

यसअघि मन्त्री भट्टराईले गत मंगलबार इजरायलका पर्यटनमन्त्री यारिभ लेभिन तथा कृषिमन्त्री जाची ह्नेग्बीबीच भेटवार्ता गरेका थिए ।उक्त भेटवार्ताका क्रममा कृषि क्षेत्रमा ज्ञान र प्रविधिको हस्तान्तरण, नेपाली कृषकको तालिम तथा पर्यटनको प्रवर्द्धन साथै दुई देशका बीचमा सिधा हवाई उडान लगायतका विषयमा छलफल गरिएको थियो ।