वन कार्यालयका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

प्रकाशित मिति:

नवलपरासी/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत सहित दुई जनालाई घुस अभियोगमा पक्राउ गरेको छ ।नवलपरासी ९वर्दघाट सुस्ता पूर्व मा कार्यरत सहायक वन अघिकृत निमित्त कार्यालय प्रमुख० र कार्यालय सहयोगीई २ लाख घुससहित पक्राउ गरेको अख्तियारले जनाएको हो ।आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक(पटक घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।