विवाहको प्रस्ताव ‘गुगल म्याप’मै देखियो 

१ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
2 Shares


एजेन्सी/ ३२ वर्षे स्टेफेन स्वार्ज पेसाले पार्ट टाइम किसान हुन् । गत वर्ष उनले आफ्नी प्रमिकालाई विवाह प्रस्ताव गर्न केही फरक शैली अपनाएका थिए ।उनले आफ्नो मकैबारीमा जर्मन भाषामा ‘के तिमी मसँग विवाह गर्छ्यौं’ भन्ने शब्दको आकारमा मकै रोपेका थिए ।मकै उम्रिएर बढ्दै गएपछि उनले आफ्नी प्रेमिकालाई ड्रोन ल्याएर आफ्नो मकैबारीमा उडाउन लगाए ।शुरुमा त ड्रोन कम उचाईमा उडिरहेका कारण उनकी प्रमिकाले त्यो प्रस्ताव पढ्न पाइनन् तर, जब ड्रोनले उचाई लियो अनी उनकी प्रमिकाले त्यो रोमान्टिक प्रस्ताव पढिन्, त्यसपछि भने स्वार्जकी प्रेमिका विवाहका लागि राजी भइन् ।

आफ्नी प्रमिकालाई विवाहको प्रस्ताव गर्न स्वार्जले लगाएको मकै एक्कासी गुगल म्यापमा देखिन पुगेपछि भने भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।शुरुमा त उनले गुगल म्यापमा मकै देखिए नदेखिएको वास्तै गरेका थिएनन् । तर, क्यानाडामा बस्ने उनकी काकीले उनलाई गुगल म्यापको स्क्रिनसट पठाएपछि भने उनी छक्कै परेका थिए ।जर्मनीको हुटेनबर्ग क्षेत्रमा ५ हेक्टरमा मकै लगाएर विवाह प्रस्ताव गरेका उनले आउँदो जुन महिनामा विवाह गर्ने तयारी गरिरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न