निशुल्क स्वास्थ्य परीक्षण हुँदै

प्रकाशित मिति:

काठमाडौं/दुबईमा रहेका नेपाली श्रमिकहरुका लागि शुक्रबार बरदुबईमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरी नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजले जनाएको छ ।स्वास्थ्य परीक्षण कार्यक्रम शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । उक्त ठाउँमा धेरै नेपालीहरु जमघट हुने भएकाले समाजले बरदुबइमा स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको जनाएको छ ।