यसकारण खान्थे भगवान शिव भांग धतुरो

२ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
12K Shares


एजेन्सी /भाङ, धतुरो, गाँजा भगवान शिवको प्रसाद मानिन्छ । यही कारणले शिव भक्तहरुले यसको प्रयोग गर्ने गरेको तर्क गर्छन् । शिव भक्तिमा लिन भएर यसको प्रयोग गर्ने शिव भक्तहरुको संख्या धेरै नै छन् भने अन्य नशा प्रयोगकर्ताहरुले पनि शिवको प्रसाद भन्दै भाङ, धतुरा, गाँजाको प्रयोग गर्ने गरेका छन् ।शिवले खान हुने हामीले नहुने रु’ भन्दै नशाको प्रयोग गर्ने गरेका छन् । अब प्रश्न उठ्छ भगवान शिवले यस प्रकारका नशायुक्त पदार्थको सेन किन गरेको होला रु वास्तवमा यसको पछाडि एक कथा लुकेको छ ।

यस्तो छ कथा

देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निक्लिइरहेको थियो ।पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रुप धारण गरेर लानुभयो । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो त्यसको एक थोपाले पनि पृथ्वीमा ठूलो हानी पु¥याउन सक्थ्यो । सृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो अब समस्या पर्न गयो कि यो विष कसले पिउने

यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गर्नुभयो । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्ने सामथ्र्य राख्नुहुन्थ्यो । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिउनुभयो ।शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले पकड्नुभयो । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।विष विउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लाग्नु भयो । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै शिवको सही अर्थमा आराधना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न