प्रतिनिधिसभामा प्रधानमन्त्री  ओलीले आज  सम्बोधन गर्ने

प्रकाशित मिति:

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने भएको छ । सरकारले दुई वर्षे काम कारबाही बारे सदनलाई जानकारी दिनका लागि प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेको हो ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन् । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुदँैछ । तीन गते दुई वर्ष पुरा हुने भए पनि प्रधानमन्त्री ओलीले शनिबार परेका कारण शुक्रबार नै सम्बोधन गर्न लागेको जानकारी गराएका छन् ।