सोनवागढस् ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास

२ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
29 Shares


सनिउल्ला धोबी / कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–३ भितिरियाको सोनवागढमा रहेको ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास रहिआएको छ । परापुर्वा काल देखि प्रख्यात सोनवागढ मन्दिर भित्र रहेको उक्त ढुङ्गा जो कोहि उठाउन सक्दैन ।हेर्दा सानो देखीने गोलो आकारको ढुङ्गा त्यहा पुग्ने बहुत कमैले उठाउन सक्छन । दुरदराजबाट आएका भक्तजानहरु सत्य मनले ढुङ्गा उठाउन सके आफुले चिताएको सबथोक पूरा हुन्छ । यदि मनमा पाप लोभ लालच भए ढुङ्गा उठाउन नसक्ने मन्दीरका पुजारी राम प्रसाद यादवले जानकारी दिनु भयो । शिवराज नगरपालिका चन्द्रौटा बजार देखि झन्डै ६ किलोमिटर उत्तरतर्फको घना जंगलमा रहेको सो सोनवागढ मन्दिरमा राजाले सुनको खजाना लुकाएर राखेको मान्यताअनुसार मन्दिरको नाम सोनवागढ राखिएको हो ।सत्य मनले ढुङ्गा उठाए आफ्नो भाकल पूरा हुने भविष्य चम्किने विश्वास रहेको पुजारी यादवले बताउनु भयो । ढुङ्गाको माथिल्लो भागमा बन्चरोले काटेको जस्तो देखिन्छ । भितारिया गाउँका बुढापाका भन्छन एक साडे गोरु खेतमा छरेको अन्नबाली खादा बन्चरोले हन्दा साडे गोरुलाई काटेको थियो ।आर्को दिन भितारियाका स्थानीय सोनवागढ मन्दिरमा हेर्दा ढुङ्गामा बन्चरोले काटेको जस्तो देखीएकोले उक्त ढुङ्गा साडे गोरु बनेर खेतमा घाँस चर्न गएको जन विश्वास रहिआएको छ । सोनवागढ क्षेत्रको संरक्षका लागि विभिन्न निकायले पहल गरेका छन । गत वर्ष उत्खनन हुदा गुप्ताकलिन समाग्री फेला परेको थियो ।

सोनवागढमा प्राचिनकालका राजाले सुनको खजाना लुकाएर राखेको मान्यता रहेको सो स्थनलाई सोनवागढ भनिएको हो । सोनवागढ क्षेत्रको संरक्षका लागि ‘एरियल फोटोग्राफी’समेत गरिएको छ ।आकाशमा ड्रोन उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकताबारे बुझ्न दुर्हम विश्वविद्यालय बेलायतका डा। मार्क मेनवलले फोटोग्राफी गरेका हुन् । सानो आकारको उपकरणमा क्यामरा जडान गरी तस्बिरखिचिएको हो ।जमिनको सतहभन्दा वनावट र स्थलहरूको वास्तविक अवस्था खिचिएको छ। मन्दिरको पश्चिमी क्षेत्रमा रहेको सुकबेल नदीले प्रत्येक वर्ष मन्दिर क्षेत्र कटान गर्दै आए पनि संरक्षण हुन सकेको छैन ।मन्दिर परिसरमा ४ वटा अग्ला ढिस्काहरू रहेको र मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केही वर्षपहिले मूर्ति फेला परेको र सोही मूर्तिलाई अहिले मन्दिरभित्र राखिएको छ। मन्दिरभित्र रहेको गोलाकार ढुंगा उचालेमा आफूले आँटेको पुग्ने विश्वास छ ।लुम्बिनी विकास कोषले गत वर्षको पुसबाट पहिलो पटक उत्खनन गरेको थियो । सोनवागढबाट गुप्तकालीन इँटाबाट निर्मित भग्नावशेषहरू फेला परेका छन् । सो क्षेत्रमा गुप्तकालीन इतिहासस्वरूप भेटिएका भग्नावशेषहरूको समय यकिन गर्न परीक्षण गरिने भएको छ ।प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत वर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आएको छ । हजारौँ वर्ष पुरानो तथा धार्मिक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने