आत्म सन्तुष्‍टिका लागी संस्कृत आवश्यक छ – पूर्व मन्‍‍त्री बिष्‍ट

प्रकाशित मिति:

झविन्द्र भण्डरी/गुल्मी  – पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्‍‍त्री माननीय गोकर्ण बिष्‍टले आत्म सन्तुष्‍टिका लागी संस्कृत आवश्यक रहेको बताउनु भएको छ । धुर्कोट गाउँपालिका वडा नं. ५ वस्तुको किरातेश्‍वर संस्कृत पाठशालाको चियापान कार्यक्रममा बोल्दै पूर्व मन्‍‍त्री बिष्‍टले यस्तो बताउनु भएको हो ।

पूर्व मन्‍‍त्री बिष्‍टले आत्म सन्तुष्‍टिका लागि, आनन्दको लागि, खुसिका लागि यो पवित्र ठाउँको रुपमा विकास भएको छ। केही समय यता संस्कृत भाषा लोप हुन थालेको अवस्थामा यहाँ संस्कृत पाठशालाको सुरुवाता गर्नुभएको छ यो निकै गौरवको कुरा रहेको बताउनुभयो । साथै विष्‍टले जर्मनि जस्तो देशमा संस्कृतको पढाइ हुन्छ हामीले भने त्यसलाई सहि रुपमा उजार गर्न सकेका छैनौँ तर यस ठाउँमा जुन रुपमा संस्कृत भाषाको उजागर गर्दै हुनुहुन्छ त्यो एकदमै उदाहरणिय रहेको बताउनुभयो ।

पाठशालाको तर्फबाट बोल्दै किरातेश्‍वर संस्कृत पाठशालाका अध्यक्ष हुमलाल भण्डारीले सवैको साथ सहयोग सुझाव सल्लाह बमोजिक यो पाठशालाको स्थापना भएको बताउदै आगामी दिनमा यसको बृद्धी र विकासमा आफुहरु लागि रहेको वताउदै पाठशालालाई एउटा थाइ शिक्षकको ब्यवस्था भए सहज हुने बताउनुभएको थियो । साथै उहाँले जातिय भेदभाव रहित यस पाठशालामा सवै जात जातिले पढ्न पाउने बताउनुभयो । त्यस्तै सचिव नन्दराम भण्डारीले मन्दिरलाई यो अवस्था सम्म ल्याउन तथा पाठशाला संचालन गर्न त्यती सहज थिएन तर सबैको साथ तथा गाउँपालिका र प्रदेश सरकारको सहायताले धेरै सहज भएको बताउनुभयो ।

पूर्व मन्‍‍त्री विष्‍टले पाठशालाको माग बमोजिम एउटा थाइ शिक्षकको माग गर्नु भएको छ त्यसका लागि सम्बन्धित निकायमा कुरा राख्‍ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, धुर्कोट गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटि सदस्य भुपाल पोखरेल, प्रदेश कमिटि सदस्य बुद्धि जिसी, जिल्ला सदस्यहरु गणेश श्रीपाली, नरेश भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष ढुण्डिराज भण्डारी धर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा संस्कृतका गुरु मोतिलाल शर्मा भण्डारी, कृष्‍ण भण्डारी, कमला घर्ती, विभिन्‍न राजनीतिक दलका पाटी प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवी ब्यक्तित्वहरु, सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरुको समेच उपस्थिती रहेको थियो ।

संस्कृत पाठशालाका अध्यक्ष हुमलाल भण्डारीको सभापतित्व तथा संस्कृतका चेलाहरुको स्वस्ति शान्ति वाट सुरु भएको कार्यक्रमको सञ्‍चालन सचिव नन्दराम भण्डारीले गर्नुभएको थियो ।