राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सर्बोदयको हातमा

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङ – दाङको राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा २५ पदक जिति श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको छ । गत माघ २८ देखी सुरु भएको माध्यामीक तथा आधारभुत विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले यस वर्षको रनिङ शिल्ड हात पार्न सफल भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको अन्तिम नतिजा अनुसार यस प्रकार सम्पुर्ण खेलमा विजेताको आधारमा सबैभन्दा धेरै खेल जित्ने श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले १० स्वर्ण, ९ रजत र ६ कास्य गरि २५ पदक जिति राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको छ । त्यस्तै ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवाले १० स्वर्ण, ६ रजत र ३ कास्य गरि १९ पदक जिति र दोस्रो भएको छ । श्री माध्यामीक विद्यालय मौरीघाट ५ स्वर्ण, ३ रजत र ५कास्य गरि १३ पदक जिति र तेस्रो भएको छ । साथै मुनलाईट सेकेन्डरी स्कुल लालमटियाले २ स्वर्ण, र १ कास्य गरि ३ पदक जिति सान्तोना स्थान प्राप्त गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समाबेस गरिएका खेलहरुमा भविलल खेल छात्रा तर्फ ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवा प्रथम, श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनिया द्धितिय र मार्टिन एकेडेमी पत्थरगढवा तृतिय भएको छन् । भविलल खेल छात्र तर्फ श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनिया प्रथम, ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवा द्धितिय र मार्टिन एकेडेमी पत्थरगढवा र शंकर माध्यामीक विद्यालय पीपरी तृतिय भएका छन् ।

कवड्डी खेल छात्र तर्फ सिरीन भ्याली बोडिङ स्कुल मौरीघाट प्रथम, श्री माध्यामीक विद्यालय मौरीघाट द्धितिय र आदर्श माध्यामीक विद्यालय लालमटिया र नवज्योति आधारभुत विद्यालय तृतिय भएका छन् । कवड्डी खेल छात्रा तर्फ आदर्श माध्यामीक विद्यालय लालमटिया प्रथम, श्री माध्यामीक विद्यालय मौरीघाट द्धितिय र श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनिया र रिभर राप्ती भालुवाङ तृतिय भएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सञ्चालन भएका खेल १०० मिटर दौड छात्रा तर्फ दिप ज्योति ईङलिश बोडिङ स्कुल सिसहनियाकी मेनुका चौधरी प्रथम, दुर्गा भवानि आधारभुत विद्यालय मसुरीयाकी आशा चौधरी द्धितिय र श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी सम्झना कुमारी चौधरीले तृतिय स्थान हासिल गरेकी छन् । १०० मिटर दौड छात्र तर्फको खेलमा श्री माध्यामीक विद्यालय मौरीघाटका शिशिर शाहिले प्रथम स्थान, स्टार समिट ईङलिश बोडिङ स्कुल सिसहनियाका आशुराज चौधरी द्धितिय र श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका प्रेम राना तृतिय भएका छन् ।

२०० मिटर छात्रा तर्फ ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाकी रमिना चौधरीले प्रथम स्थान, शंकर माध्यामकि विद्यालय पीपरीकी अस्मीता चौधरी द्धितिय र श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी मनिषा चौधरीले तृतिय स्थान हासिल गरेकी छन् ।
२०० मिटर छात्र तर्फ श्री माध्यामीक विद्यालय मौरीघाटका शिशिर शाहिले प्रथम स्थान, ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाका राधेश्याम चौधरी द्धितिय र मार्टिन ईन्टरनेशनल एकेडेमी पत्थरगढवाका रविन चौधरी तृतिय भएका छन् । ८०० मिटर छात्रा तर्फ श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी सन्जिता चौधरी प्रथम, दिप ज्योति ईङलिश बोडिङ स्कुल सिसहनियाकी मेनुका चौधरी द्धितिय र श्री माध्यामीक विद्यालय मौरीघाटकी कृति कार्की तृतिय भएकी छन् ।

८०० मिटर छात्रा तर्फ मुन लाईट लालमटियाका जनक पोख्रेल प्रथम, आदर्श माध्यामीक विद्यालय लालमटियाका विपीन एम सी द्धितिय र नेपाल राष्ट्रिय माध्यामीक विद्यालय भालुवाङका प्रदिप सुनारले तृतिय स्थान हासील गरेका छन् । १५०० मिटर दौड छात्रा तर्फ श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी विना चौधरी प्रथम, नेपाल राष्ट्रिय माध्यामीक विद्यालय भालुवाङकी शारदा शर्मा द्धितिय र ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाकी शुशिला चौधरी ए ले तृतिय स्थान हासील गरेकी छन् ।

त्यस्तै छात्र तर्फ १५०० मिटर दौडमा श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका गुमान सिंङ गिरी प्रथम, मार्टिन ईन्टरनेशनल एकेडेमी पत्थरगढवाका राज कुमार चौधरी द्धितिय र दिप ज्योति ईङलिश बोडिङ स्कुल सिसहनियाका विद्यान वाग्लेले तृतिय स्थान हासील गरेका छन् । सटफुट छात्रा तर्फ ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाकी शुशिला चौधरी ए ले प्रथम स्थान, शंकर माध्यामकि विद्यालय पीपरीकी अस्मीता चौधरी द्धितिय र श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी सन्जिता चौधरीले तृतिय स्थान हासील गरेकी छन् ।

सटफुट छात्र तर्फ श्री माध्यामीक विद्यालय मौरीघाटका शिशिर शाहिले प्रथम स्थान, श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका सुनिल चौधरीले द्धितिय स्थान र आदर्श माध्यामीक विद्यालय लालमटियाका विजय पुनले तृतिय स्थान प्राप्त गरेका छन् ।
लङजम्प तर्फको छात्रा खेलमा श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी सन्जिता चौधरी प्रथम भएकी छन् भने बाल कल्याण आधारभुत विद्यालय पहरवाकी सृजना चौधरी द्धितिय र ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाकी शुशिला चौधरी वि ले तृतिय स्थान प्राप्त गरेकी छन् ।

लङजम्प तर्फको छात्र खेलमा श्री माध्यामीक विद्यालय मौरीघाटका पुर्ण बहादुर हमालले प्रथम स्थान, आदर्श माध्यामीक विद्यालय लालमटियाका सनिश चौधरीले द्धितिय स्थान र श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका अनिश चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् ।
ज्यावलिङ थ्रो खेलको छात्रा तर्फ ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाकी शुशिला चौधरी ए ले प्रथम स्थान, श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी रमिता चौधरीले द्धितिय स्थान र श्री माध्यामीक विद्यालय मौरीघाटकी सुनिता गिरीले तृतिय स्थान प्राप्त गरेकी छन् ।

ज्यावलिङ थ्रो खेलको छात्र तर्फ श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका रेशम सिञ्जालीले प्रथम, आदर्श माध्यामीक विद्यालय लालमटियाका विजय पुन द्धितिय र शंकर माध्यामीक विद्यालय पीपरीका दिपक सामतले तृतिय स्थान प्राप्त गरेको छन् ।
४०० मिटर ४ रिले दौड छात्रातर्फ ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाका रविना चौधरी, सुशिला चौधरी, शुष्मा चोधरी, अखिमा चौधरी प्रथम, श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका ललिता चौधरी, संझना चौधरी, लक्ष्मी चौधरी, विना चौधरी द्धितिय स्थान र वाल कल्याण आधारभुत विद्यालय पहरुवाका स्वस्तिका चौधरी, सुसुप्ती चौधरी, रुपानी चौधरी र अन्जली चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् ।

४०० मिटर ४ रिले दौड छात्र तर्फ श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका विक्रम सुन्दास, प्रेम राना, रेशम सिन्जाली, अनिश चौधरी प्रथम, ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाका राधेश्याम चौधरी, प्रमोद चौधरी, सुरज चौधरी सुरजमान चौधरी द्धितिय र आदर्श माध्यामीक विद्यालय लालमटियाका आकाश चौधरी, विपिन यम सी, सन्तोष केएम र सुवास चौधरी तृतिय भएका छन् ।
३००० मिटर दौड छात्रतर्फ श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका गुमान सिंङ गिरी प्रथम, आदर्श माध्यामीक विद्यालय लालमटियाका खुविराम दर्लामी द्धितिय र आदर्श माध्यामीक विद्यालय लालमटियाका प्रमोद नेपालीले तृतिय स्थान प्राप्त गरेका छन् ।
३००० मिटर दौड छात्रा तर्फ ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाकी सुष्मा चौधरी प्रथम, श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाकी रमिता चौधरी द्धितिय र श्री माध्यामीक विद्यालय मौरीघाटकी असिता चौधरीले तृतिय स्थान प्राप्त गरेकी छन् ।
राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगितामा सफलता हात पारेका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिकाले नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरेको छ ।