२५ औँ जनयुद्धका कुरा – ‘प्रकाण्डसंग बिशेष अन्तर्वार्ता’

२ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
32 Shares


                एकीकृत जनक्रान्तिलाई दुनियाका कुनै पनि नवफासीवादले रोक्न सक्ने छैन- प्रकाण्ड, प्रवक्ता– नेपाल कम्युनिस्ट पार्टी

                                                           ०  २५ औँ जनयुद्ध दिवस कसरी सम्झनुहुन्छ ?
नेपालको राजनैतिक आन्दोलनको इतिहासमा पहिलोपल्ट सामन्ती सत्ता र राजतन्त्रात्मक संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध तत् समयको नेपाली श्रमजीवि जनताको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपाल राष्ट्रको मुक्ति, नेपाली भोका–नाङ्गा जनताको राज्यसत्ता र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित नेपाली जनताले बन्दुक पड्काएर महान् सशस्त्र जनयुद्धको थालनी गरेको ऐतिहासिक दिन २०५२ साल फागुन १ गते हो । विद्यमान राज्यसत्तालाई बल प्रयोग गरेर बदल्ने लक्ष्य राखेर सापेक्षितरुपले व्यवस्थित सुरुवात गरिएको नेपाली सशस्त्र क्रान्ति पनि हो । थालनी र बिकासको आफ्नो १० वर्षको जीवनमा नेपाली जनयुद्धले तीव्रता, भिषणता, व्यापकता, उच्चता र महानता अकल्पनीयरुपमा हासिल ग¥यो । इतिहासमा पहिलोपल्ट सामन्तवर्गको राज्यसत्ताका स्थानीय निकायहरुलाई ध्वस्त पारेर नेपाली जनताको जनसत्ताको स्थापना र अभ्यास भयो ।

मानव समाजको विकासक्रममा समाजवर्गमा विभाजित भई शोषकवर्ग सत्तासीन भएबाट शोषितवर्ग माथि बन्दुकको नालमा शासन गर्दै आएको विश्व समाज र त्यसको एउटा हिस्सा नेपाली समाजमा सामन्ती बन्दुकको शासनकाविरुद्ध नेपाली जनताको जनमुक्ति सेना र जनताको बन्दुक खडा गरेको गौरवपूर्ण दिन पनि हो । उत्पीडितवर्ग, समुदाय र क्षेत्रका जनतालाई एकताबद्ध गरेर राष्ट्रिय एकता निर्माणको ऐतहासिक थालनीको दिन पनि हो । राष्ट्रवादी नेपालीलाई श्रमजीवि नेपाली जनतासँग राष्ट्रिय मुक्तिमोर्चा खडा गरी संघर्ष सञ्चालन गरिएको जनयुद्ध हो । २३८ वर्षे सामन्ती शासनको अन्त्य गरेको १० वर्षे जनयुद्ध हो । २०६३ देखि २०६८ सालसम्मको नयाँ राजनैतिक परिस्थिति खडा गर्ने नेतृत्व पनि नेपाली जनयुद्ध नै हो । २०६८ सालसम्म देशमा जुन राजनैतिक एवं सामाजिक परिवर्तन र नयाँ उपलब्धिहरु प्राप्त भए त्यसको प्रमुख कारक १० वर्षको जनयुद्ध हो ।
जनयुद्धका १० वर्षमा राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आफ्नै राज्यव्यवस्था स्थापना गर्न माओवादी पार्टीका नेता, कार्यकर्ता, जनमुक्ति सेनाका कमिसनर, कमाण्डर तथा सिपाही र नेपाली जनताले ठूलो रगतको मूल्य चुकाएको छ । नौ हजारभन्दा माथिको संख्यामा सहिद बन्नु भएको छ । हजारौँ बेपत्ता भएका छन् । हजारौँ घाइते, अपाङ्ग भएका छन् । सैयौँ गाउँ खरानी भएका छन् ।

२०६३ सालपछिको शान्तिकालीन मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र १० वर्ष सशस्त्र जनयुद्धको नेतृत्व गरिराखेका प्रचण्डले बुर्जुवावर्ग, त्यसको सत्ता र संसदीय प्रतिक्रियावादी व्यवस्थाका अगाडि घुँडा टेकेपछि जनयुद्धरुपी नेपाली क्रान्ति, प्रतिक्रान्तिमा बद्लियो । जुन अहिले दलाल, पुँजीपतिवर्ग, दलाल सत्ता र दलाल संसदीय व्यवस्थामा पतन भएको छ । माओवादी क्रान्तिकारी नेता एवं कार्यकर्ता, जनमुक्ति सेना, जनयुद्ध लड्ने नेपाली जनता, जनयुद्धका महान् सहिदहरु, बेपत्ता र घाइते योद्धाहरुलाई अराजनीतिक, अनैतिक र अमानवीय धोका भएको छ । यो बेलाको माओवादी पार्टी र जनयुद्धको मुख्य नेता प्रचण्डको वैचारिक विचलनतावादी, राजनीतिक अवसरवाद, सैन्य आत्मसमर्पणवाद, संगठनात्मक बिसर्जनवाद, आर्थिक अराजकतावाद र सांस्कृतिक विकृतिवादका विरुद्ध २०६५ वैशाखदेखि संघर्ष गर्दै आएको नेतृत्वको टिम र क्रान्तिकारीधार २०६९ असारमा प्रचण्ड पार्टीसँग विद्रोह गरी २०७१ मंसिर ८ गते कम्युनिस्ट पार्टी पुनर्गठनसहित विगत पाँच वर्षदेखि एकीकृत जनक्रान्ति सञ्चालन गरिराखेको छ र त्यसलाई नेतृत्व प्रदान गरिराखेको छ । नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति १० वर्षको जनयुद्धको रक्षक र बिकसित आयामको प्रतिनिधि बन्न गएको छ । जुन देश र जनताको आशा, विश्वास, भविष्य र विकल्प बनेको छ ।

फागुन १ गते नेपाली जनयुद्ध थालनीको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । जनयुद्ध थालनी भएको २०५२ फागुन १ गते, जनयुद्धको सशस्त्र १० वर्ष, संक्रमणकालका ६ वर्ष (२०६३–६८), प्रतिक्रान्तिका ३ वर्ष (२०६९–७१), प्रतिक्रान्ति र क्रान्तिको टक्करका ५ बर्ष (२०७२–७६) नियाल्दा हाम्रो नेपाली श्रमजीवि जनताको क्रान्ति डरलाग्दो उतार–चढाव, रक्तरञ्जित, महान् र सबै किसिमका प्रतिक्रान्तिकारीहरुका विरुद्ध एकीकृत जनक्रान्ति जारी रहेको गौरवपूर्ण गाथा छ । यो अवस्था र अवसरमा सर्वप्रथम १० वर्षे महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरुलाई ससम्मान, भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सहिद परिवारजनहरुप्रति उच्च सम्मानका साथ हार्दिक समवेदना व्यक्त गर्दछु । बेपत्ता र घाइते योद्धाहरुको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु । सिङ्गो पार्टीपंक्ति, माओवादी क्रान्तिकारीहरु, नेपालको कम्युनिस्ट आन्दोलनका इमानदार नेता एवं कार्यकर्ताहरु र महान् नेपाली जनतामा क्रान्तिकारी अभिवादनसहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपालमा जारी एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको पार्टीका हैसियतले नेपाली कम्युनिस्ट एवं सच्चा लोकतान्त्रिक आन्दोलनका इमानदार नेता, कार्यकर्ता र आमनेपाली जनतामा के प्रतिबद्धता जारी गर्दछौँ भने सहिदको रगत, जनयुद्ध एवं आन्दोलनको लगानी अवमूल्यन हुन नदिने र क्रान्ति एवं परिवर्तनका बाँकी कार्यभार जुनसुकै मूल्यमा पूरा गर्नेछौँ ।

० तपाईंहरुसंगै जनयुद्ध लडेका साथी सत्ता र सरकारमा छन्, तपाईंहरुमाथि प्रतिबन्ध लगाइएको छ, के भन्नुहुन्छ ?

क्रान्तिकारी आन्दोलनको इतिहासमा कहिलेकहीँ मजाक पनि हुने गर्छ । यो नेपाली क्रान्तिको इतिहासमा एउटा मजाक हो । कुनै बेला बर्नेस्टींन, हिर्योख बेर्ग र श्राम पनि माक्र्सका सहपाठी थिए । पछि माक्र्सले ‘चुरीखतीर्की ’ वारे संश्लेषण गरी सार्वजनिक हमला गर्नुप¥यो । बाकुननि पनि सहपाठी थिए, हेग महाधिवेशनमा अन्तर्राष्ट्रियबाट निस्कासन गर्नुभयो । प्लेखानोब र ट्रतस्की पनि लेनिनका सहपाठी थिए । पछि दुई जिब्रे फटाहा घोषणा गरेर लेनिनले संघर्ष गर्नुप-यो । लिलिसाङ, छनतुस्यु र वाङमिङ माओका नेता तथा सहयोद्धा थिए । उनीहरुका विरुद्ध माओले नेतृत्व लिएपछि सच्चा कम्युनिस्ट पार्टी बन्यो र क्रान्तिले गुणात्मकता हासिल ग¥यो । विश्व कम्युनिस्ट आन्दोलनको जीवन्त पाटो यस्तो छ ।

हाम्रो सन्दर्भमा विगतमा जनयुद्ध लडेका मात्र होइन, त्यसको नेतृत्व गरेका प्रचण्ड र उनको समूह नै सत्ता र सरकारमा छ । अहिलेको प्रचण्ड, उनको समूह, सत्ता र व्यवस्था जनयुद्धको परिकल्पना र उद्देश्यको ठीक विपरीत छ । जनयुद्धको मान्यता र मालेमावादी विचार, क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी नेतृत्व, सशस्त्र क्रान्ति, नेपाली समाजको आमूल परिवर्तन, उत्पीडितवर्ग, समुदाय र क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने नयाँ जनवादी राज्यव्यवस्था र राष्ट्रिय मुक्ति हो । नेपालको अहिलेको सत्तासीनवर्ग त बुर्जुवा प्रतिक्रियावादबाट पनि पतित भएर दलाल पुँजीपतिवर्ग बन्न गएको छ । यो सत्ता असली दलाल पुँजीपतिवर्गको हो । व्यवस्था दलाल, संसदीय व्यवस्था हो । संघीय लोकतान्त्रिक, गणतन्त्र त दलाल, पुँजीपतिवर्ग, त्यसको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाको ‘रङरोगन’ मात्र हो, जसले जनतालाई ‘नयाँ परिस्थितिमा नयाँ भ्रम’ सिर्जना गरोस् । क्रान्तिले सिर्जना गरेको नयाँ परिस्थितिमा पुँजीपतिवर्गलाई मृत्युबाट बचाउन आइसियुको रुपमा प्रयोग गरिएको ‘ठर्रा रक्सीको निम्ति नयाँ बोतल’ मात्र हो ।

यसको नेतृत्वमा एमालेमा विलय भएर प्रचण्ड समूह पनि पुगेको छ । २०४६ सालको आन्दोलनपछि राजतन्त्रले बहुदलवादीहरुको लाज छोपिदिन राजतन्त्रात्मक संसदीय व्यवस्था भनिदिए जस्तो मात्र हो किनभने सत्ताको बागडोर राजाकै हातमा थियो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र भनेको क्रान्तिकारी माओवादी पार्टी, १० वर्षसम्म सञ्चालित सशस्त्र जनयुद्ध, जनमुक्ति सेना, जनसत्ता, मालेमावादी विचार र नयाँ जनवादी व्यवस्था स्थापना गरी राष्ट्रको स्वाधीनतालाई सुनिश्चित गर्ने कार्यदिशाबाट विचलित भएका प्रचण्ड र उनको समूहको लाज छोप्ने’ रंग रोगन’ मात्र हो । सत्ता दलाल पुँजीपति बर्गको छ । ब्यवस्था संसदीय हो । प्रचण्ड र उनको समुह त्यसमा समाहित भएको मात्र हो । प्रचण्ड समूहको विभाजनता, आत्मसर्मपण र पतनका विरुद्ध भीषण संघर्षबाट नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्व विकास भएको हो । हाम्रो पार्टीले १० वर्षको जनयुद्धको रक्षा र नेपालमा क्रान्तिको पूर्णताको उद्देश्यले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर क्रान्ति सञ्चालन गरिराखेको छ । यसको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवादको स्थापना हो । अहिलेको दुनियाँलाई उत्तर साम्राज्यवाद व्यवस्थाको विकल्पमा ‘साम्यवादी विश्व व्यवस्था’ दिने राजनैतिक लक्ष्य हो ।

जब यो महान् कार्यको सुरुवात नेपाली राजनीतिमा हाम्रो पार्टीले एकीकृत जनक्रान्तिमार्फत् ग-यो । यसका विरुद्ध वर्तमान दलाल पुँजीपतिवर्ग, त्यसको सत्ता र सत्ताका सञ्चालकहरु आइलागेका छन् । हाम्रो पार्टी र यसका कार्यक्रममाथिको प्रतिबन्ध त्यसैको निकृष्ट उदाहरण हो । हाम्रो पार्टीमाथिको प्रतिबन्धले चारवटा विषयलाई निर्दिष्ट गरेको छ । पहिलो, शान्तिप्रक्रियाको आवरणमा देश र नेपाली जनतामाथि प्रतिक्रान्ति थोपरिएको कुरा, दोस्रो वर्तमान सत्ता, व्यवस्था र सत्तासीनवर्ग दलाल, पुँजीपतिवर्ग भएको कुरो, तेस्रो प्रचण्ड समूहको दलाल पुँजीवादमा पतन भएको कुरा, चौथो सर्वाधिक महत्वपूर्ण कुरा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । यसले दलाल पुँजीपतिवर्ग र त्यसको वर्तमान राज्यसत्ताका विरुद्ध नेपाली श्रमजीवि जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिराखेको छ भन्ने कुरा । केपी ओली सरकार र ओली–प्रचण्डको नेकपाले हाम्रो पार्टी र क्रान्तिविरुद्ध लगाएको प्रतिबन्धले सरकार र सरकारी पार्टी प्रतिक्रान्तिकारी फासीवादी, हत्यारा, निरंकुश, भ्रष्टाचारी, राष्ट्रघाती र दलालतत्व भएको कुरा राष्ट्रिय राजनीतिमा लाटोले पनि बुझ्ने गरी उदाङ्गिएको छ । विश्व राजनीतिमा श्रमजीवि जनताको आक्रोश र घृणाको भुमरीमा परेर एक्लिएको छ । हाम्रो पार्टी र जनक्रान्तिले प्रतिबन्धको सुविचारित प्रतिरोध गरिराखेको छ । आमनेपाली जनतामा स्थापित भएको छ । नेपाली जनताको आशा, विश्वास र विकल्प बन्दै गएको छ । पार्टी नेपाली कम्युनिस्ट आन्दोलनका खराबीहरुबाट मुक्त हुँदै सुदृढ र विस्तार हुँदै गएको छ । यो बीचमा हाम्रो पार्टी, नेतृत्व र क्रान्तिको अतर्राष्ट्रिय छवि र उचाइ निकै बढेको छ । अतः प्रतिबन्धले दलाल पुँजीपतिवर्ग र त्यसको सत्तालाई विघटनको संघारमा पु-याएको छ भने हाम्रो पार्टी र जनक्रान्तिलाई विजयको दिशातिर अगाडि बढाइराखेको छ ।
० अहिले विश्वपरिवेश हेर्दा तपाईंहरुले सोचेजस्तो एकीकृत जनक्रान्ति सफल हुन्छ भन्ने लाग्छ ?

अहिलेको विश्व विकसित र नयाँ ठाउँमा छ । शीतयुद्धको समाप्तिपछि अमेरिकी साम्राज्यवादको विश्वव्यापी हैकम र दबदबा भएको विश्व नब्बेको दशकपछि र एक्काइसौँ शताब्दीको सुरुको दशकको एकध्रुवीय विश्व छैन । एक्काइसौँ शताब्दीको पहिलो दशकको अन्त्यतिरबाट अमेरिकी साम्राज्यवादी एक ध्रुवीय विश्व उछिन्दै दुई ध्रुवतिर प्रवेश गरेको विश्व दोस्रो दशकको अन्त्यतिर आउँदा मूलभूतरुपमा बहुध्रुवीय विश्वमा बदलिएको छ ।

यो अहिलेको विश्वको बहुध्रुवीय चरित्र हो । अमेरिकी साम्राज्यवादका विरुद्ध रसिया केन्द्रित, चीन केन्द्रित, मध्यपूर्व केन्द्रित, युरोपियन युनियन केन्द्रित र दक्षिण एसिया केन्द्रित ध्रुवहरु खडा भएका छन् भने थुप्रै उपकेन्द्रहरु पनि सतहमा आएका छन् । विश्वको अहिलेको बहुध्रुवीय विशेषताले साम्राज्यवाद राजनीतिक, आर्थिक, सैन्य, प्रविधि र सांस्कृतिक दृष्टिले पनि विभक्त भएको पुष्टि गर्दछ । अमेरिकी साम्राज्यवाद प्रतिध्रुवको अन्तरविरोध, सैन्य एवं व्यापार युद्ध र प्रतिद्वन्द्वितामा डरलाग्दो गरी फसेको छ । उसले चाहेर पनि त्यसबाट उक्सिन सक्दैन । अमेरिकी साम्राज्यवादले चाहे पनि विश्वमा उठेका घटनाहरुमा एक्लै फैसला गर्न सक्दैन । यसैलाई हाम्रो पार्टीले लेनिनले संश्लेषण गरेको साम्राज्यवादमा विकास भएर ‘उत्तर साम्राज्यवाद’ बन्न पुगेको निष्कर्ष निकालेको हो । उत्तर साम्राज्यवादी अहिलेको विश्वमा क्रान्तिको निम्ति विश्व परिवेश अनुकूल बन्दै गएको पुष्टि हुन्छ । यसर्थ, एक्काइसौँ शताब्दीको दोस्रो दशकको विश्वको विशेषता भनेको “उत्तर साम्राज्यवाद र श्रमजीवि जनताको क्रान्तिको विश्व हो ।”

यो महान् लेनिनले भन्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको विश्वको विकसित र नयाँ आयाम हो । कुनै पनि समाज क्रान्तिबिना न अस्तित्वमा रहन सक्दछन् त बाँच्न सक्छ । पुरानोको अन्त्य र नयाँको सिर्जना गतिशील समाजको अनिवार्य नियम हो । नेपाली समाजको पछिल्लो कालखण्डको विकासक्रमलाई मात्र हे¥यौँ भने प्रमाणित हुन्छ, १०४ वर्षे राणा शासनका विरुद्ध क्रान्ति नभएको भए राणा शासन र राणाकालीन समाज व्यवस्था अन्त्य हुँदैनथ्यो । २००७ सालको परिवर्तन पनि हुँदैनथ्यो । ३० वर्ष पञ्चायती निरंकुशताका विरुद्ध २०४६ सालका जनआन्दोलन नभएको भए नेपाली समाज सामन्तीबाट लोकतान्त्रिक यात्रामा पाइला चल्दैनथ्यो । १० वर्षको महान् जनयुद्ध नभएको भए सामन्ती प्रतिक्रियावादी व्यवस्थाका अन्त्य हुँदैनथ्यो । उता क्रान्ति समाजको गति र नयाँ जीवन हो ।

नेपालमा दलाल पुँजीपतिवर्ग, दलाल सत्ता, दलाल संसदीय व्यवस्था, दलाल केपी ओली नेतृत्वको सरकार, छोटो समयमा राष्ट्र र नेपाली जनताको जीवनमा देशद्रोही र अपराधी सावित भइसक्यो, जसले जनयुद्ध र जनआन्दोलनमा जीवन–मरणको संघर्ष गरी जनताले प्राप्त गरेका राजनैतिक अधिकार खोसेर जनताको राजनैतिक पार्टीमाथि प्रतिबन्ध लगाएर दमन गरिरहेको छ । नेता, कार्यकर्ता र जनताको घोषित हत्या गर्दै हिँडेको छ । राजनैतिक आस्थाका कारण बेलगाम गिरफ्तारी र भूmठा मुद्दा लगाई राखेको छ । भ्रष्टाचार, कमिशन र ठगीले राष्ट्रिय अर्थतन्त्र धराशयी भएको छ । राज्यको सम्पत्ति सरकार र सरकारी पार्टीको आडमा निजीकरण गरिँदैछ । राज्यको जग्गा कथित लिजको नाममा प्रधानमन्त्री ओलीकरण गरिँदैछ । शिक्षा, स्वास्थ्य माफियाहरुको व्यापार र लुटका हतियार भएका छन् । राज्यलाई ओली, प्रचण्डको गुटकरण गरिँदैछ । सामाजिक सुरक्षा, महिला बेचबिखन, लागू औषध, व्यापार, वेश्यावृत्तिले देश आक्रान्त छ । महँगी वृद्धिले नेपाली जनता मर्नु न बाँच्नुको दोसाँधमा छ । भर्खरै १५० रुपैयाँ किलोमा पाइने लसुनको मूल्य वृद्धि भई ६५० पुग्नुले मात्र यसको पुष्टि हुन्छ । देशलाई यो अवस्थाबाट बचाउने अरु कोही उपाय छैन । एक मात्र एकीकृत जनक्रान्ति हो । त्यो अनिवार्य सफल हुन्छ ।
० पार्टी पुनर्गठन भएको पनि छ वर्ष पूरा भइसकेको छ, तपाईंहरुले भने जस्तो क्रान्ति कहिले सम्पन्न हुन्छ ?

हामीले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेको गत मंसिरमा ५ वर्ष पूरा भएर छैठौँ वर्षमा प्रवेश ग-यो । पहिलो कुरा त कुनै पनि देश र त्यहाँका जनताको मुक्ति, स्वाधीनता र अधिकार सम्पन्न बनाउने अचुक हतियार भनेको क्रान्ति हो । देश र जनताको जीवनमा क्रान्ति हुने भनेको एउटा ठूलो राजनैतिक सवाल हो । यसका निम्ति देश र जनाताको हितमा राजनैतिक कार्य गर्ने सिद्धान्त भएको राजनीतिक प्रतिनिधि पार्टी हुनुपर्छ । अहिलेसम्म नेपाली जनताले दुःखको सामना गर्नुपरे र राष्ट्रले एकपछि अर्को घात बेहोर्नु पर्नाको मुख्य कारण नेपाली जनता र देशको प्रतिनिधित्व गर्ने पार्टी नहुनु नै हो । नेपालको राजनीतिक आन्दोलनमा केही पार्टीहरुले प्रारम्भिक चरणमा देश र जनताको पक्षमा आपूmलाई खडा गर्ने प्रयास गरे पनि पछिल्ला दिनमा विचलित भए । प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यसको पछिल्लो जिउँदो उदाहरण हो ।

एउटा बडो खुसीको कुरा के छ भने आन्तरिक जीवन र बाह्य वस्तुस्थितिका भिषण प्रतिकूलताको सामना गरेर नेपाली जनता र हाम्रो देशले आफ्नो प्रतिनिधित्व गर्ने एक मात्र सच्चा राजनीतिक पार्टी पाएको छ, त्यो नेपाल कम्युनिस्ट पार्टी हो । हाम्रो पार्टी बनेदेखि एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको छ । पछिल्लो दिनमा केपी ओली सरकारको प्रतिबन्ध, हत्या, आतंक, गिरफ्तारी, झुठा मुद्दालगायतका सबै षड्यन्त्रका तानाबानासहित दमन गर्दा पनि हाम्रो पार्टी र क्रान्ति प्रभावशाली र शक्तिशाली बन्दै गएको छ । अझ यो तीव्रतामा बढ्दै जानेछ । यसलाई दुनियाँका कुनै पनि नवफासीवादले रोक्न सक्ने छैन । अहिले देशमा दलाल, पुँजीपतिवर्गको सामाजिक दलाल मुखुण्डो धारण गरेको केपी ओली सरकार र ओली–प्रचण्डको सरकारी नेकपाले कम्युनिस्ट पार्टी र समाजवादको रक्षा कवजमा मुक्तिकामी नेपाली जनता र सार्वभौम राष्ट्रका विरुद्ध नेपालको राजनीतिक इतिहासमा निरंकुशतावादी र फासीवादीहरुलाई माथ गर्दै बेलगाम अपराध गरिराखेको छ । त्यसले एकीकृत जनक्रान्तिको सम्पन्नतालाई निकट तुल्याएको छ ।

० पार्टीको आगामी रणनीतिबारे केही बताउन मिल्छ ?
उत्तर साम्राज्यवादले हाम्रो जनक्रान्तिलाई रोक्न, षड्यन्त्र गर्न र भ्रम छर्न ओली–प्रचण्डको सामाजिक दलाल अनुहार खडा गरे पनि दलाल सत्ता र संसदीय व्यवस्थाको पतन र विघटन रोक्न पूर्णतः असफल भए । हाम्रो पार्टी र जनक्रान्तिलाई प्रतिबन्ध लगाएर ओली सरकारले मालिकको खातिरदारी गर्दा पनि झुन ठूलो भ्वाङ पार्ने बौलठ्ठीमा बद्लियो । अब यसको अवशानलाई कसैले पनि रोक्न सक्ने छैन । हाम्रो पार्टीको आगामी रणनीति दलाल सत्ता, व्यवस्था र शासनको अन्त्य गर्ने रहेको छ । उक्त कार्यका निम्ति पार्टीलाई सुदृढ र शक्तिशाली बनाउने, नेपाली जनता र परिवर्तनका पक्षधर, शक्तिलाई एकताबद्ध गर्ने, जनक्रान्तिका मोर्चालाई गुणात्मक बनाउने र ओली सरकार एवं ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने छ ।
० तपाईंले भनेजस्तो नेपालमा वैज्ञानिक समाजवाद सम्भव छ भनेर जनतालाई कसरी आश्वास्त पार्नुहुन्छ ?
वैज्ञानिक समाजवाद अहिलेको विश्वका श्रमजीवि जनताको आफ्नै राजनैतिक कार्यदिशा हो । बहुसंख्यक मिहेनतकस जनताको प्रतिनिधित्व गर्ने समाज व्यवस्था हो । १० वर्षको जनयुद्ध नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सफल नहुनु नै राष्ट्र एवं जनताले अहिलेको हृदयविदारक र संकटग्रस्त अवस्थाको सामना गर्नु परेको हो । देशमा विद्यमान विकराल समस्याको पूर्ण निर्मूल गर्न जनक्रान्तिको सफलता, वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना र नेपाली श्रमजीवि जनताको नेपाल कम्युनिस्ट पार्टीमार्फत् नेतृत्व सम्भव मात्र होइन, अनिवार्य आवश्यकता भइसकेको छ । यो राजनीतिक वास्तविकतालाई बुझ्न जति ढिला गरिन्छ, त्यति दला पुँजीपतिवर्ग र ओली सरकारले समस्या जन्माउनेछ ।

० सरकारले दुई तिहाई बहुमतको दुहाई दिँदै एकपछि अर्को राष्ट्रघात र जनघात गर्दै गइरहेको छ, यसमा पार्टीको धारणा के छ ?
लेनिनले भने जस्तै बुर्जुवावर्गले हरेक ४–४ वा ५–५ वर्षमा चुनावको नाटक गरेर जनतालाई लुट्न नयाँ लुटेरा गिरोहलाई छान्छ भन्ने आधारमा पनि केपी ओली–प्रचण्ड चुनावी गठबन्धलाई नेपाली जनताले दुई तिहाई मत दिएको होइन । कथित चुनाव बेलाको ओली नेतृत्वको एमाले पार्टीलाई त सरकार गठनको सामान्य बहुमतको विश्वास पनि नेपाली जनताले दिएको होइन । जोडजम्मा पारेर सरकार गठनको संख्या र दुई तिहाई निकट पु-याइएको मात्र हो । आफैँले आयोजना गरेको चुनावी नाटकबाट एक्लै सरकार गठनको चुनावी परिणाम प्राप्त नगरेको एमाले पार्टीको ओली नेतृत्व सरकारमा आएपछि जनताप्रति उत्तरदायी हुने कुरै भएन । अर्को कुरा एमाले नेपाली जनताको पार्टी थिएन । त्यो त दलाल पुँजीपतिवर्गको प्रतिनिधि थियो । नेपालमा १० वर्षे महान् जनयुद्धले खडा गरेको हस्तक्षेपकारी क्रान्तिकारी परिस्थिति र माओवादी पार्टी एवं जनयुद्धको राष्ट्रिय राजनीतिमा शक्तिशाली नेतृत्वका विरुद्ध षड्यन्त्र गर्न खडा गरएको नेकपा नकाव मात्र हो । यसको दायित्व दलाल पुँजीपतिवर्ग, त्यसको सत्ता व्यवस्थाका सेवा गर्ने हो । देश र नेपाली जनताको होइन । यसमा भ्रम पर्नु आत्मघात मात्र हुनेछ । ओली सरकार र सरकारी नेकपाको दैनिक क्रियाकलापले यही कुराको त पुष्टि गरिराखेको छ ।

नेकपा र समाजवादको नाममा ओली–प्रचण्डको पार्टी र ओली सरकारको जन्म नै राष्ट्रघात र जनघातको निम्ति भएको हो । तर, पुरानो ‘पुँजी प्रतिक्रियावादीरुपमा होइन कि नयाँ सामाजिक’ रुपमा भएको छ । यो नेपाली सर्वहारा क्रान्तिको ‘अनिवार्य नकारात्मक परिणति’ हो । उपरोक्त विश्लेषणले ओली सरकारबाट राष्ट्र र जनताको हितको न्यूनतम आशा गर्नु नेपाली जनताको निम्ति अभिशाप हुनेछ । बरु छिट्टै ओली सरकार र दलाल सत्ताको विघटन नेपाली जनताको राजनैतिक कार्यसुची बन्न आएको छ ।

० भारतीय अतिक्रमण, एमसीसी र ललिता निवास जग्गा प्रकरणजस्ता विषयले राष्ट्र र जनताको शिर निहुराएको छ, यसमा पार्टीले के सोचेको छ ?
नेपालको लिम्पियाधुरालाई आफ्नो नक्सामा राखी प्रकाशन गरेको घटना मोदी सरकारको नेपालमाथिको पछिल्लो अतिक्रमण र आक्रमण हो । यसले के प्रस्ट गर्दैछ भने पार्टी र व्यक्तिगत रुप बद्लिए पनि नेपालप्रतिको दृष्टिकोण र व्यवहारमा भारतीय शासकवर्ग ‘जुन जोगी आए पनि कानै चिरेको’ सावित भएको छ । मोदीले नेपालसम्बन्धी व्यक्त गरेको विचारहरु सबै पाखण्डीपूर्ण थिए र विगतको शासकको भन्दा हजारौँ गुणा खतरनाक थिए भन्ने कुराको व्यवहारिक पुष्टि भएको छ । यस घटनाले नेपालमा रहेका भारतीय साम्राज्यवादका दलालहरुलाई पनि हीनताग्रस्त र रक्षात्मक बनाएको छ ।

केपी ओली सरकार मूकदर्शक भएर बसेको छ । लिम्पियाधुराको पक्षमा भएको जनसंघर्ष र जनआवाजलाई उत्तेजनाको संज्ञा दिइराखेको छ । राजनैतिक र कूटनैतिक समाधानको रटानमा भारतीय अतिक्रमणलाई नेपाली जनतामा पचाउन लगाउने भूमिका खेल्ने दुस्साहस गरिराखेको छ । ओली सरकार लिम्पियाधुराको मुद्दालाई आफ्नो सरकार रक्षाको बार्गेनिङ्गको बिषय बनाइरहेको छ । मोदी सरकारको हित तब हुनेछ लिम्पियाधुरा भारतीय नक्साबाट हटाउने, कालापानीबाट भारतीय सेना हटाउने र नेपालमा भारतीय हस्तक्षेपको बन्ध्याकरण गर्न तयार हुनुपर्छ । अन्यथा नेपाली जनताले आन्दोलनको बलबाट राष्ट्रिय स्वाधीनाताको रक्षा गर्ने छ । नेपाल कम्युनिस्ट पार्टीले त्यसको नेतृत्व गर्नेछ ।

एमसीसी अहिलेको विश्व राजनीति र बहुध्रुवीय विश्वको चरित्रसँग सम्बन्धित छ । बहुध्रुवीय विश्वको विकासले ९० को दशकपछिको विश्वव्यापी अमेरिकाको एकाधिकार तोडिँदै र कमजोर हुँदै गएको छ । डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी निगम बुर्जुवाहरुले पुनस्र्थापित गर्न चाहन्छन् । छिनिँदै र फुत्किँदै भएको एकाधिकारी लुट र मुनाफाका कारण पागल भएका छन् । अमेरिकी सिनेटमा आफ्ना विरुद्धको महाअभियोग सामना गर्ने क्रममा स्टेट अफ द युनियनलाई गरेको सम्बोधनमा ट्रम्पले महान् अमेरिकी पूर्णजागरण भन्नुले यो कुराको पुष्टि गर्दछ ।

उत्तर साम्राज्यवादको अहिलेको गम्भीर संकटको वास्तविकतालाई के उजागर गर्न र बुझ्न जरुरी छ भन्दा प्रथम र द्वितीय विश्वयुद्धमा साम्राज्यवाद जुन रणनीति, स्वरुप र शैलीमा युद्धमा गएको थियो । अहिले विश्वको विशेषताले त्यसको नक्कल सम्भव छैन । दास्रो दुईवटा विश्वयुद्ध आफ्नो प्रभुत्व र लुटको (नाफा) निम्ति लाखौँलाख जनताको कत्लेआम गर्न त्यसबाट साम्राज्यवादी नरभक्षी, रक्तपिपासु, फासीवादी र मानव सभ्यताको विरुद्धको अपराधी अनुहार उदाङ्गो भएको छ । तेस्रो युद्धरत साम्राज्यवादीहरु आर्थिकरुपमा पनि संकटग्रस्त भए । यसर्थ उक्त साम्राज्यवाद पुरानो तरिकाले अगाडि बढ्न सक्ने अवस्था छैन । उत्तर साम्राज्यवादको अहिलेको संकट, इतिहासको शिक्षा, वर्तमान बहुध्रुवीय विश्व र विश्व प्रभुत्व कायम राख्नुपर्ने आवश्यकताको रुपमा व्यक्त भइराखेको छ । उत्तर साम्राज्यवाद निस्कनै नसक्ने अन्तरविरोधको दलदलमा नराम्रोसँग फसेको छ ।

विश्व प्रभुत्वपूर्ण स्थापित गर्ने उद्देश्यलाई पूरा गर्ने राजनीति, सैन्य राजनीति कुरा राष्ट्रिय राजनीतिमा लाटोले पनि बुझ्ने गरी उदाङ्गिएको छ । विश्व राजनीतिमा श्रमजीवि जनताको आक्रोश र घृणाको भुमरीमा परेर एक्लिएको छ । हाम्रो पार्टी र जनक्रान्तिले प्रतिबन्धको सुविचारित प्रतिरोध गरिराखेको छ । आमनेपाली जनतामा स्थापित भएको छ । नेपाली जनताको आशा, विश्वास र विकल्प बन्दै गएको छ । पार्टी नेपाली कम्युनिस्ट आन्दोलनका खराबीहरुबाट मुक्त हुँदै सुदृढ र विस्तार हुँदै गएको छ । यो बीचमा हाम्रो पार्टी नेतृत्व र क्रान्तिको अन्तर्राष्ट्रिय छवि र उचाइ निकै बढेको छ । अतः प्रतिबन्धले दलाल, पुँजीपतिवर्ग र त्यसको सत्तालाई विघटनको संघारमा पु¥याएको छ भने हाम्रो पार्टी र जनक्रान्तिलाई विजयको दिशातिर अगाडि बढाइराखेको छ ।

० अन्त्यमा केही भन्न चाहनुहुन्छ ? नेपाली समाजका क्रान्तिकारी र प्रगतिशील क्षेत्रका विरुद्ध केपी ओली सरकारले प्रतिबन्ध लगाएर फासीवादी दमन गरिराखेको बेला क्षेप्यास्त्र साप्ताहिकले देश र जनता, क्रान्ति र परिवर्तनको पक्षमा आपूmलाई निर्भयताका साथ खडा गरेर अविरल रुपमा समाचार प्रवाह गरिराखेको सुखद अवसरमा क्षेप्यास्त्र साप्ताहिकलाई विशेष धन्यवाद व्यक्त गर्दछु । साथै आगामी दिनमा पत्रिकाको गुणात्मक प्रगतिको शुभेच्छा व्यक्त गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए