प्रधानमन्त्रीले शनिबार संसदमा सम्बोधन गर्ने

२ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको थियो ।

सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । तर संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेको स‌ंसद सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया