आज घट्यो सुनको मूल्य , यस्तो छ बजार भाउ

प्रकाशित मिति:

बुटवल – आज साताको चौँथो दिन बुधबार सुनको भाउ घटेको छ। मंगलबार तोलमा एक सय घटेको सुन आज तोलामा २ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७५ हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।