नेपाल एयरलाइन्सका पाइलट विजय लामाद्वारा चीन जान अस्वीकार

प्रकाशित मिति:

काठमाडौं – कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेका छन्। लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा पाकिस्तानी पाइलट नै जाने भएका छन्। यसअघि पाकिस्तानी आइपी पाइलट यावर कमलको ने’तृत्व पाइलट लामा पनि रहने निर्णय नेपाल एयरलाइन्सले गरेको थियो। तर, लामाले अस्वीकार गरेपछि उनको ठाउँमा पनि पाकिस्तानी पाइलट मोहम्मद आरिफ चीन जाने निश्चित भएको नेपाल एयरलाइन्सका एक पाइलटले जानकारी दिए।

पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको जहाज शनिवार जाँदैछ। टोलीमा क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली हुनेछन्। नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लागे पनि नाम भने सार्वजनिक गरिएको छैन। प्राप्त जानकारी अनुसार जहाजको चालक दलका कोपाइलट भने नेपाली रहनेछन्। चीनका विभिन्न सहरमा रहेका नेपाली नागरिकलाई वुहानमा भेला गराई नेपाल ल्याइने छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो।

नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो पौने ३ बजे वुहानका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका तय भएको छ । टोलीमा ३ पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन्। सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने तय भएको छ। विमान चार्टर गरी नेपालीको उ’द्धार गर्न लागिएको हो। विमानको चार्टर भाडा प्रतिघन्टा १८ हजार डलर कायम गरिएको छ। चीन उडान गरिसकेपछि आइकाओको नियमअनुसार ४८ घन्टा जहाज अन्य ग’तव्यका लागि उडान गर्न पाउनेछैन।