प्रदेश ५ सरकार– सात महिनाको वित्तिय प्रगति २२ प्रतिसत

२ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश खनाल / बुटवल – प्रदेश नं ५ सरकारको सात महिनाको बित्तिय प्रगति २२ प्रतिसत मात्रै पुगेको छ ।प्रदेश मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको सात महिनाको वित्तिय प्रगति २२ प्रतिसत पुगेको जानकारी दिनु भएको हो ।यद्यपी वित्तिय प्रगति २÷४ दिन भित्रमा २५ प्रतिसत पुग्ने दाबी समेत प्रवक्ता चौधरीले गर्नु भयो ।केही योजनाको भुक्तानी अन्तिम चरणमा रहेकोले वित्तिय प्रगति कम देखिए पनि अबको २÷४ दिन भित्रमा प्रदेशको वित्तिय प्रगति २५ प्रतिसत पुग्ने चौधरीले बताउनु भयो ।धेरै बिषयमा अन्य प्रदेश भन्दा अग्र स्थानमा रहदै आएको प्रदेश नं ५ वित्तिय प्रगतिको हिसावले भने अहिले दोस्रो स्थानमा रहेको छ ।

चालु आर्थिक बर्षको अन्त्य सम्ममा भने अन्य प्रदेश भन्दा बढि वित्तिय प्रगति हासील गर्ने गरी काम गर्ने प्रवक्ता चौधरीको बिस्वास छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ ।शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त मापदण्ड स्वीकृत गरेको हो ।बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्नुका साथै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पारिश्रमिक तथा सेवा सुबिधा सम्बन्धी मापदण्ड स्वीकृत गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो ।त्यसैगरी बैठकले प्रदेश पदक (पहिलो संसोधन ) नियमावली २०७६,प्रदेश स्वास्थ्य नीति २०७६,प्रदेश भवन नियमावली २०७६,प्रदेश होम स्टे सञ्चालन नियमावली २०७६ पनि स्वीकृत गरेको छ ।प्रदेश सरकारले प्रदेश सरकार गठन भएको दिन फागुन ३ लाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया