सन्त्रास ४ को फस्ट लुक्स सार्बजनिक, सन्त्रासको पहिलो सिरिज युट्युबमा

प्रकाशित मिति:

सुदिप गौतम/ बुटवल लघु चलचित्र सन्त्रास ४ को फस्ट लुक्स सार्बजनिक भएको छ ।डि एस ईन्टरटेनमेन्ट को ब्यानरमा निर्माण भएको लघु चलचित्र सन्त्रास ४ को फस्ट लुक्स सार्बजनिक गरिएको हो । पछिल्लो समयको बलात्कारको घटना बढिरहेको कुरालाई कथामा दर्शाउन खोजिएको छ ।सन्त्रास को ४ औ भागलाई लक्ष्मण कालिराज र रक क्षेत्रिले मिलेर बनाएका हुन् ।

सन्त्रासको ४ औ भागमा बिनय उदय , लक्ष्मण कालिराज ,रक क्षेत्रि ,मनिषा सुनार प्रिती बिश्वकर्मा ,ज्योति पाण्डे ,सोना पुन को अभिनय हेर्न सकिने छ । प्रेम गुरुङको छायांकन ,दिपक परियारको सम्पादन रहेको छ ।चलचित्रको कथा र निर्देशन पक्ष उत्कृस्ट बनाउन निर्देशक प्रेम कार्कीले उक्त सिरिजलाई पनि अत्यान्त मिहेनत गरेका छन ।यो संगै सन्त्रासको पहिलो भाग डि एस ईन्टरटेनमेन्टको युट्युबमा सार्बजनिक भैसकेको छ । यस पछि सन्त्रासका क्रमै संग सिरिज आउने बताईएको छ ।