यी हुन् धनी बन्ने ७ सूत्र

प्रकाशित मिति:

धनी बन्ने रहर सबैलाई हुन्छ । तर, केही व्यक्तिले मात्र आफ्नो त्यो रहर पूरा गर्न सक्छन् । तीमध्येका एक हुन्, भारतका धनाढ्य मुकेश अम्बानी । मिहिनेत र लगनशीलताका कारण उनी भारतमा प्रेरणाको स्रोत नै बन्न पुगे । उनी कसरी धनी भए त ? जानौंँ :

१ पैसाको पछि दौडिँदैनन्
मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा उनी राख्छन् ।

२ठूलो सपना देख्छन्
ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउनसमेत सक्दैनन् ।

३सोखका लागि पर्याप्त खर्च गर्छन्
उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् । उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन् ।

४आफैँलाई विश्वास गर्छन्
उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन् । त्यसैले कामको कुरा आएपछि आफ्नै अनुभवलाई सम्झन्छन् ।
५साहसी व्यक्तित्व
उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् । हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।

६निरन्तर खट्छन्
दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ ।

७बजारको माग बुझ्छन्
व्यापार, व्यवसाय प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी पर्छ । यदि उत्पादन राम्रो भए पनि बजार छैन भने त्यसले अपेक्षाकृत परिणाम नल्याउन सक्छ । समयको माग र आवश्यकताअनुसार उनी अगाडि बढ्छन् ।नयाँ पत्रीकाबाट