चन्द्रमामा जान आवेदन खुल्ला

३ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं – नासाले सन् २०२४ भित्र चन्द्रमामा यात्रु पठाउने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ । पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको हो ।नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ। त्यसका लागि उसले उम्मेदवारहरू खोजी सुरु गरेको हो । यसका लागि नासाले मार्च २ देखि ३१ तारिखसम्मका लागि आवेदन खोल्दैछ। उम्मेदवारहरूले विज्ञान वा गणित विषयको अध्ययन गर्दै स्नातकोत्तर सम्मको अध्ययन गरेको हुनुपर्ने नियम छ। चिकित्सक वा विमान चालक पनि योग्य ठानिन सक्ने भनिएको छ। उनीहरूसँग दुई वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने भनिएको छ। अनलाइनमा आवेदन भरेपछि उम्मेदवारहरूको स्वास्थ्य जाँच हुने बताइएको छ। त्यसपछि उनीहरूले दुई वर्ष तालिम लिनुपर्ने बीबीसीले जनाएको छ।

तालिममा जाने उम्मेदवारहरूले जल सेनाको तालिम, प्राविधिक सीप, रोबोटिक्स् र रुसी भाषाको अध्ययन गर्नुपर्ने छ। नासाको लागि काम गर्न योग्य नहुनेहरूलाई अन्तरिक्षमा जाने अन्य अवसरहरू उपलब्ध छन्।सन् १९६० को दशकदेखि नासाले ३५० अन्तरिक्षयात्रीलाई छानेर तालिम दिएको छ। ती मध्ये ४८ जना कार्यरत छन्।नासा अमेरिकी सङ्घीय निकाय भएकाले पहिलो प्राथमिकता अमेरिकी नागरिकलाई दिइने छ छ। तर दोहोरो नागरिकता लिएकाले पनि आवेदन दिन पाउँने नाशाले जनाएको छ।यसअघि पूर्व ब्रिटिश अन्तरिक्षयात्री पिएर्स सेलर्सले ब्रिटेन छोडेर अमेरिकी नागरिक बन्दै आफ्नो सपना साकार पारेका थिए।अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा समय बिताउन पाएका २३९ अन्तरिक्षयात्री मध्ये १५१ जना अमेरिकी नागरिक हुन्। अन्य चाहिँ विश्वका अन्य देशका नागरिक हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग