गैडहवा तालमा स्टिमर र डुंगा सञ्चालन -भिडीयो

३ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल । रुपन्देहीको सबैभन्दा ठूलो गैडहवा तालमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी पहिलोपटक डुंगा सञ्चालनमा ल्याइएको छ । स्थानीय र लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न ३० जना र १६ जना क्षमताका दुईवटा स्टिमर तथा दुईवटा म्यानुअल गरी चारवटा डुंगा सञ्चालन गरिएको हो । ५० बिघा जलाशयसहित ८४ बिघा क्षेत्रफलको ताल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गैडहवा गाउँपालिकाले २० लाख रुपैयाँ लागतमा स्टिमर र डुंगा खरिद गरी चलाउन थालेको हो । संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष शुरुवातसँगै तालमा बाह्रै महिना नियमित डुंगा सञ्चालन थालिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । पहिलो वर्ष कम्तीमा एकलाख पर्यटकलाई डुंगा शयर गराउने उनले बताए । अर्को वर्ष स्टिमर थपेर ८ वटा पुर्‍याइने र वार्षिक दुईलाख पर्यटक भित्राउने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । हालसम्म माछापालन गरेर वार्षिक ८० लाख रुपैयाँ आम्दानी गर्दै आएको गाउँपालिकाले माछा पाल्न छाडेर अब डुंगा सञ्चालनमार्फत पर्यटनलाई प्राथमिकता दिई आम्दानी पनि दोब्बर बढाउने घिमिरेले बताए ।

हाल डुंगा शयर शुल्क सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको छ । ‘गाउँपालिकाको विकास र समृद्धिको मुख्य आधार यही ताल नै हो, गाउँपालिकाको नामाकरण पनि तालकै नामबाट गरिएको छ  , गैडहवा ताललाई गौडहवाकै वडा नम्बर ९ स्थित तुल्सीहवा ताल र कञ्चन गाउँपालिकाको कञ्चन नदीसँगै लुम्बिनीसम्म जोडेर एकीकृत जल पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष केवट बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु