बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम गरेन : देउवा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी सार्वजनिक गरेलगत्तै संसदमा पत्रकारहरु प्रतिक्रिया दिदै देउवाले भने ‘सरकारले यो र त्यो गरेर फूर्ति लाए पनि बास्तविकता भने २ बर्षमा दुईटा पनि काम ‍भएन ।’प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्षको सुरुवाती बर्ष आधार बर्ष भएको तथा दोस्रो बर्ष बिकास आरम्भको बर्ष भएको दावी गरेका थिए ।यो क्रममा उनले घोषणापत्रका प्रतिबद्धता ५ बर्षमा सरकारबाट बाहिरिदै गर्दा पूरा हुने प्रतिबद्धता दोहोर्‍याएका छन ।