बुटवल औद्योगिक क्षेत्र उद्योग संघको साधारण सभा सम्पन्न, औद्योगिक विकासमा इन्तुकिन्तु नगरौंः मन्त्री गिरि

प्रकाशित मिति:

बुटवल, ३ फागुन । बुटवल औद्योगिक क्षेत्र उद्योग सघं, बुटवलको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री लिला गिरिले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री गिरीले नेपालको औद्योगिक विकासका लागि कसैले पनि इन्तुकिन्तु परन्तु भनेर जिम्मेवारीबाट भाग्न नपाइने बताउदै उद्योग र उद्योगीका समस्या समाधान गर्न प्रदेश सरका सधै कतिबद्ध रहेको जनाउनु भयो । मन्त्री गिरिले पाच नं. प्रदेशमा रहेका औद्योगिक क्षेत्रहरुलाई प्रदेश मातहतमा ल्याएर त्यसलाई उद्योग मन्त्री बनाउने योजना र लक्ष्य लिएको बताउदै त्यसका लागि केन्द्रीय सरकारसंगको छलफल अगाडी बढेको धारणा राख्नु भयो । उहाले मुलुकको समृद्धि र विकासमा उद्योग र उद्योगीहरुले पु¥याएको योगदानलाई राज्यले कहित्यै पनि सानो नठान्ने प्रतिवद्धता व्यक्त गर्दै संघ र प्रदेश सरकारवीचको साझा अधिकारको पहिचान र दायित्वका बारेमा स्पष्ट हुन नसक्दा काममा कठिनाई देखिएकोप्रति गम्भिर रहेको बताउनु भयो ।
उहाले बुटवल औद्योगिक क्षेत्रको विकास र त्यहाका जग्गा अभाव, विद्युतको सहज आपूर्ति, ढल तथा पानीको समस्या समाधान गर्ने विषयमा संबन्धित निकाय जिम्मेवार बन्न निर्देशन दिदै बुटवल धागो कारखानाले आगटेको जग्गालाई सदुपयोग गर्ने बारेमा छिटै ठोस पहल गरिने आश्वासन दिनु भयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले औंद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्म लिएको व्यवस्थापन लिमिटेडले उद्योगको संरक्षणमा काम गर्न नसकेको बताउदै सञ्चालनमा रहेका औद्योगिक क्षेत्रहरु प्रदेशको मातहतमा नआउदासम्म त्यसको सहि विकास हुन नसक्ने हुदा तत्काल सरकारले त्यसमा काम गर्न आग्रह गर्नु भयो । संघका पूर्व अध्यक्ष गणेश प्रसाद अधिकारीले राज्यका तर्फबाट आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय उद्योगहरुको संरक्षणमा नीतिहरु बनाएर कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।संघका अध्यक्ष हिरामणी भट्ट्राईको अध्यक्षता, महासचिव इ. नेत्रनारायण भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, नेपाल विद्युत प्राधिकरण, बुटवलका प्रमुख राजेश मिश्र लगायत बोल्नु भएको थियो ।