अमेरिकामा सर्वाधिक शक्तिशाली आँधीले फ्लोरिडाको पश्चिम उत्तर भागमा बाढी

प्रकाशित मिति:

एजेन्सी:  अमेरिकामा सर्वाधिक शक्तिशाली आँधीले फ्लोरिडाको पश्चिम उत्तर भागमा बाढी ल्याइदिएकोछ ।

त्यो क्षेत्र जलमग्न भएको छ । माइकल नाम गरेको आँधीको गति २ सय किलोमिटर प्रति घन्टा रहेको थियो ।

तत्काल थाहा पाए अनुसार रूख ढल्दा किचेर १ जनाको मृत्यु भएको छ । माइकल आँधी अलाबामा र जर्जिया तर्फ सरेको छ ।

फ्लोरिडाका गभर्नर रिक स्कटले यो १०० वर्षयताको सबैभन्दा अकल्पनीय ध्वंसकारी भएको बताए ।

फ्लोरिडामा ३ लाख ७० हजार मानिसलाई त्यो क्षेत्र खाली गर्न भनिएको थियो ।