आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

प्रकाशित मिति:

भैरहवा/रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज एक दिवसीय आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । संस्थाका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने उद्देश्यले गरिएको कार्यक्रममा करिब १ सय ३० जना सहभागी थिए । उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष बाबुराम भण्डारीले रामबन सहकारी अन्य संस्था सँग मर्जर हुने पर्ने अवस्था नरहेको बताउँदै कोही मर्जरको लागि प्रस्ताव आएमा ढोका खुला रहेको बताए ।

आफू सदस्य रहेको सहकारी संस्थाको मूल्य मान्यता बुझ्नु पर्ने र संस्थाले के कस्ता क्षेत्रमा लगानी गरेको छ भन्ने कुरा शेयर सदस्यले बुझ्नु अपरिहार्य रहेको अध्यक्ष भण्डारीले बताए । संस्था २०६४ सालमा २५ जना शेयर सदस्य र २५ हजार लगानीबाट शुरु गरेको र अहिले संस्थामा १ हजार ४४ जना शेयर सदस्य रहेको सचिव खेमराज पाण्डेले बताए । संस्थाले धितो राखेर व्यवसाय गर्न चाहनेहरुका लागि १५ लाख सम्म लगानी गर्न सक्ने र बिनाधितोमा शेयर सदस्यको जम्मा भएको रकममा ८० प्रतिशत थप गरी लगानी गर्ने सचिव पाण्डेले बताए ।