भैरहवामा साहित्यिक संगम सम्पन्न

प्रकाशित मिति:

भैरहवा /भैरहवा क्षेत्रमा २०३८ सालमा स्थापना भइ हरेक महिनाको पहिलो शनिबार विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको सिद्धार्थ साहित्य परिषद्ले आज २३१ औँ संगम सम्पन्न गरेको छ । कार्यक्रममा श्रष्टाहरुले आफ्ना रचना वाचन गरेर गुञ्जयमान बनाएका थिए भने सोही कार्यक्रमम समकालिन नेपाली प्रतिनिधी लघुकथा कृतिको विमर्श पनि गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अनन्त अर्यालले साहित्य बिना मानिसको जीवन अधुरो हुने बताउँदै रचना छपाइ गरेरमा मानिसको नाम अमर रहने बताए ।

अहिलेको लेखन गनहन रुपमा नभइ सामान्य भाषाशैली प्रयोग गरि साहित्य लेखनमा वृद्धि भएको बताउँदै लेखकले अरुका लेखहरुलाई गहन ढङ्गबाट अध्ययन गरेर बौद्धिक खालको रचना गरे उत्कृष्ट हुने प्राध्यापक डाक्टर कपिलदेव लामिछानेले बताए । कार्यक्रममा साहित्यकार वनमाली निराकार, रुद्र ज्ञवाली, पुनहरि बेल्बासे, बासुदेव पोखरेल, सीता भट्टराई, अनुराधा ढकाल, नरेन्द्र भण्डारी, गुरुप्रसाद कुमाल, गोम बिक्रम, रामबहादुर श्रेष्ठ, शिब कुमार मिश्र, यमप्रसाद भूसाल, युवराज खनाल, पुनाराम गिरी तिलक लामिछाने, तेजप्रसाद पन्थ लगायतले आआफ्नो रचना वाचन गरेका थिए ।