एन आर एन ए युवाहरुको मुद्दा समावेश गर्न चुक्नेमा निश्चित : पवन योन्जन

प्रकाशित मिति:

संसारभर छरिएर रहेका हामी गैरआवसिय नेपालीहरुको एक मात्र साझां संस्था एन आर एन ए यसपाली पनि युवाहरुको मुद्दा समेट्न/समावेश गनं चुक्नेमा प्राय निश्चित नै देखिन्छ,
प्रचलित विधानमा आम्सिक वाहेक युवा सम्वन्धि त्यस्तो केही गतिला बुदांहरु समाबेश गरिएको छैन्। यसमा हामी युवाहरुको गल्ति त पक्कै पनि छ तर संयोजनकारी भुमिकामा बस्नु भएका वर्तमान र निवर्तमान युवा संयोजक हरुको बढी कम्जोरी देखिन्छ।
अब हामी युवाहरुले पनि आफ्नै संस्था भित्र हाम्रो आवाजहरु बुलन्द पार्नु पर्ने बेला आएको छ। हामीले संगठन निर्माण र बिस्तरा गर्दै भविस्यमा संस्थाको नेतृत्व गर्न सक्ने क्षमताको अभिबृती गर्नु पर्ने समय पक्कै आएको छ।
गैरआवासिय नेपाली युवाहरुलाई छुट्टै संगठानात्मक नेतृत्वको भुमिका दिदै नेतृत्व विकास गर्नको लागि गैरआवसिय नेपाली संघका वर्तमान नेतृत्व कोषे ढुङ्गा सावित हुनु पर्ने जरुरत देखिन्छ।
गैरआवासिय नेपाली युवाहरुलाई केवल एउटा कार्यसमितीको निर्णयमा कोरम पुर्याउने स्वयमसेवकको भुमिकामा मात्र सिमित राखिनु हुदैन । तमाम गैरआवासिय नेपाली युवाहरुलाई भोलिको दिनमा यो संस्थाको वलियो र क्षमतावान नेतृत्वकर्ता बनाउन आजैबाट सोच्नु पर्ने बेला आएको छ ।
उमेरको दायरा तोक्दै युवाहरुको छुट्टै आफ्नो कार्य समिती बनाउन सक्ने वातावरण विधानमा कोट/उल्लेख गरि त्यस कार्यसमितीलाई निश्चित बजेट र अधिकारहरु विनियोजन गरिनुपर्दछ। त्यसो गर्नाले सम्पुर्ण गैरआवासिय नेपाली युवाहरुले आफ्नो नेतृत्व र क्षमता विकास गर्न सफल हुनेछ साथै युवाहरुको सहभागिता र युवाहरुको सकृयता विश्व भरी तुलात्मक रुपमा निकै प्रभावकारी हुनेछ। हामी हाम्रो युवा संगठनलाई UN को The youth Assembly को अवधारणा अन्तर्गत विकास गर्दै अघि बढाउन सक्छौं।

धन्यवाद
पवन योन्जन
सहकोषाध्यक्ष
एन आर एन ए, अमेरीका