बुटवलमा नवौं दीप गायन तारा हुंदै

प्रकाशित मिति:

बुटवल / जिल्लास्तरीय अन्तरविद्यालय आधुनिक गायन प्रतियोगिता ‘दीप गायन तारा’ को नवौं संस्करण फागुन ४ र ५ गते हुने भएको छ । बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलको आयोजनामा हरेक वर्ष आयोजना हुंदै आएको प्रतियोगितामा रुपन्देहीका सरकारी र नीजि विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने छन् ।प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र दिइने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए ।

यस्तै प्रतियोगितामा सान्त्वना हुने दुईजनालाई नगद दुई–दुई हजार तथा सहभागी सबैलाई गायनमा प्रोत्साहन गर्न प्रतिस्पर्धामा भाग लिए वापत एक–एक हजार नगद दिइने विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले बताए । प्रतियोगितामा ५० जना बढीले भाग लिनका लागि नाम दर्ता गराएका पाण्डेले बताए । प्रतियोगितामा भाग लिन दर्ता शुल्क पांच सय रुपैयां तय गरिएको उनले बताए । विजेतालाई विद्यालयको ३९ आँै स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने छ ।