विप्लव समूहका सेक्रेटरीसहित दुईजनालाई पक्राउ

३ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


गोरखा प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई पक्राउ गरेको छ।

विप्लव समूहका गोरखा सेक्रेटरी लोकबहादुर वली ‘दिनेश’ र गण्डकी गाउँपालिका इन्चार्ज कृष्ण पन्तलाई पक्राउ गरिएको एसपी ओम अधिकारीले जानकारी दिए ।उनीहरु पृथ्वीराजमार्गको मुग्लिन क्षेत्रबाट पक्राउ परेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया