दुखद खबर :नेपाली युवतीमाथि अष्ट्रेलियामा छुरा प्रहार

प्रकाशित मिति:

काठमाडौं / अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ ।क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो ।छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको उनको अवस्था सामान्य नै रहेको छ ।

रोयल व्रिजवेन महिला अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । कलेजबाट घर जाँदै गरेको अवस्थामा उनलाई नचिनेको एक युवाले छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि ती युवा फरार छन ।