प्रारम्भिक बालविकासका लागि गर्भावस्थादेखिनै लगानी गर्नु पर्नेमा सरोकारवालाको सुझाव

प्रकाशित मिति:

बुटवल  – अन्र्तराष्ट्रिय स्तरमा प्रारम्भिक बालविकास गर्भावस्था देखिका ८ वर्ष सम्मलाई मानिएता पनि वैज्ञानिक तथ्यका आधारमा गर्भावस्था देखि ३ वर्ष सम्मको अवस्था अति नै महत्वपूर्ण र संबेदनशिल अवस्था हो । उक्त उमेरमा ८० प्रतिशत मष्तिस्कको विकास हुनेकुरा बैज्ञानिक तथ्यले प्रमाणित गरेको छ । संवेदनशील उमेर पुरा भएपछि मात्र बिभिन्न क्षेत्रले लगानी गर्ने गरेको देखिएको छ तर प्रारम्भिक अवस्थामा बिषेशगरी गर्भवति आमालाईृ खोप आवश्यक पोषण,स्वास्थ्य सरसफाइ,परामर्श र उत्प्रेरणाको प्रभावले गर्भावस्थामा रहेको बालबालिकालाई सकारात्मक असर पर्ने सोमबार बुटवलमा सम्पन्न परामर्श कार्यक्रमा बोल्ने वक्ताहरुले बताएका छन् ।

लैङ्गिक समानताको आधार प्रारम्भिक बालविकासमा लैंगिकता विषयलाई जोड दिनपर्ने, बालबालिकाहरूलाई प्रारम्भिक बालविकासको उमेरदेखि नै लैङ्गिक समानता, समान व्यवहारका मूल्य मान्यताहरूका बारेमा सिकाउन जरुरी रहेको र बालबालिकाहरूलाई कुनै लैङ्गिक भेदभाव विना समान तरिकाले सामाजिकीकरण गर्न, आमाहरूको स्वास्थ्य स्याहार तथा सेवाहरूमा पर्याप्त पहुँच लगायतका विषयमा जोड दिन कार्यक्रममा सहभागि सरोकारवालाले सुझाव दिएका थिए ।

प्रारम्भिक बालविकासका लागि सहकार्य समन्वय समुह प्रदेश नम्बर ५ बुटवलको आयोजना , ससामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ को सहकार्य, समुहको सचिवालय रहेको सेतोगुराँस बालविकास सेवा रुपन्देहीको संयोजन तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा भएको परामर्स कार्यक्रममा प्रदेश नम्बर ५ प्रदेशसभा सदस्य एवं प्रारम्भिक बालविकासका लागि सहकार्य समन्वय समुह समितीका संयोजक माननिय दामा कुमारी शर्मा ले अध्यक्षता संगै उपस्थित अतिथि, सहभागीहरुलाई स्वागत गर्दै परामर्स कार्यक्रम संचालन गनुर्् भएको थियो । परामर्स बैठकमा बिभिन्न ३ वटा बिषयगत कार्य पत्रको प्रस्तुतीकरण गरिएको थियो । जसमा समाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाँशाखाका प्रमुख थानेश्वर ज्ञवालीले सामाजिक विकास मन्त्रालयका तर्फबबाट कार्यक्रमहरु तथा आगामी योजनाको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयको, प्रारम्भिक बालकिवासका लागि प्रथम आवधिक योजनाको लक्ष्य, उद्देश्य, प्रारम्भिक बालविकास र शिक्षा राष्ट्रिय पाठ्क्रम २०७६, उद्देश्य, प्रारम्भिक बालविकास र शिक्षाका साथै बजेट सहितको वार्षिक योजना प्रस्तुत गरिएको थियो । बाल अअधिकारका लागि अन्तक्रिया गोष्ठी प्रचारप्रसार, बालहेल्पलाईन कर्मचारीकालागि शिशु स्याहार केन्द्रको स्थापना, स्वास्थ्य संस्थामा जन्मेका शिशुहरुका लागि भिटामिन के कार्यक्रम, सुरक्षित मातृत्वका कार्यक्रम, वर्थिङ्ग सेन्टर स्तोन्नोतरी सहयोगका साथै सुरक्षित मातृत्वका कार्यक्रम र हरेक जिल्लामा १÷१ नमुना प्रारम्भिक बालविकास केन्द्र बनाउनका लागि सहयोग गर्ने योजना रहेको जानकारी गराउनुभएको थियो ।

यस्तै प्लान इन्टरनेश्नल नेपाल फिल्ड कार्यालय नेपालगंजका प्रारम्भिक बालविकास कार्यक्रम संयोजक किरण भण्डारीले कार्यपत्र प्रस्तुती गर्दै प्रारम्भिक उमेरका बालविकासकाको चौतर्फी विकास गर्नेे गर्भावस्था देखि हुने मष्तिस्क विकास र विकासका हरेक चरणलाई ध्यान दिनपर्ने कुरालाई जोड दिनुभएको थियो । समाजमा लैंगिक समानता ल्याउनका लागि गर्भावस्था देखि प्रारम्भिक बालविकासमा विशेष जोड दिन उचित ,स्याहार पोषण स्वास्थ र उत्प्रेणाका लागि प्रारम्भिक बालविकासका कार्यक्रम अभिभावकमाझ लैजानू पर्ने भएकाले अभिभावक जागरण शुरु गर्ने विषयलाई प्राथमिकतामा राखि प्लान इन्टरनेश्नलको कार्यक्षेत्रलाई विस्तार गरिएको समेत भण्डारीले जानकारी गराउनुभएको थियो । प्लान इन्टरनेश्नल नेपालले गत बर्ष देखि गर्भावस्था देखि ३ बर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै चाईल्ड ड्रिम (CHILD DREAM)  परियोजना संचालन गर्दै आएको छ । कार्यक्रममा सेतो गुाराँसका सुमित्रा शर्माले प्रारम्भिक बालविकासको आवश्यकता ,महत्व ,प्रदेश ५ का चुनौति अवसर र आगामी कार्यदिशा सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमा जिवनका पहिलो प्रारम्भिक उमेरको अवस्था अतिनै महत्वपूर्ण हुने अनुसान्धानले देख्याएको तथ्यलाई आधार मान्दै गर्भावस्था देखि ८ वर्ष सम्मको बालबालिकाहरुलाई हरेक खुड्किलामा सहयोग गर्दे असल दक्ष उत्पादनशिल मानवीय स्रोत तयार गर्नु पर्ने विषय समावेस गरिएको थियो । प्रारम्भिक बालविकास भनेर प्रारम्भिक बालसवकास केन्द्रका लागि मात्र ऐन, नीति र कार्यक्रमहरु केन्द्रित भएकाले आगामी दिनमा सवै नीतिको अध्ययन गरी सुधार र थप गर्नु पर्ने ऐन नीति नियमावली हरुलाई परिमार्जित गर्दै लैजानुपर्ने निश्किर्षका कार्यक्रम सम्पन्न भएकोे थियो आयोजकले बताएको छ ।