गम्भीर प्रकरणमा संलग्न रहेको भन्दै छानबिनमा परेका थिए पुर्वसचिव कार्की

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – अहिले सर्वाधिक चर्चामा रहेको नेपाल सरकारका पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीकोबारे प्रहरीले गहन अध्ययन थालेको छ । ललितपुर प्रहरी र महानगरीय अ’परा’ध महाशाखाको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको हो । अहिले मुना कार्की र कामदार विजय चौधरीको मोबाइल अनुसन्धान गर्न थालिएको छ ।

उनीहरुका मोबाइलमा कस्ता गतिविधि हुन्थे प्रहरीले अनुसन्धान थालेको छ । प्रारम्भिक जानकारी अनुसार मुनाको ज्यान कामदार चौधरीले लिएको देखिएको छ । उनले मुना कार्कीको ज्यान लिएर आधा घण्टापछि आफु पनि संसारबाट विदा भएका छन् । कारणबारे खुलासा भएको छैन । पूर्वसचिव कार्की जो यसअघि केही विवादित घटनाहरु मुछिएका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहँदा भूकम्पपीडितका लागि सामान खरिद काण्डमा संलग्न रहेको आरोपमा छानबिनमा परेका थिए । उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सानेपामै हमला गर्दा उनलाई सामान्य चोट लागेको थियो । गत सोमबार अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको र अर्की कामदार किशोरी पनि घरबाहिर रहेको समयमा यो घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया