​भर्खरै भयानक विमान दुर्घटना चालक दलका सदस्य सहित सवार सबैको मृत्यु

प्रकाशित मिति:

कङ्गोमा विमान दुर्घटना हुँदा २४ जनाले मृत्यु भएको छ । गोमा सहरस्थित घरहरूमा ठोकिएर विमान दुर्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए ।’

अन्य ५ जना घरमा र त्यस वरपर रहेका मानिसको मृत्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर-२२८ विमान दुर्घटना भएको हो ।

विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।