अपरिहार्य महिला शिक्षा

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


 मौसमी कुमारी कुशवाहा – जहाँ नारीको पुुजा गरिन्छ त्यहाँ देवताको बाँस हुुन्छ । एउटा पुुरूष शिक्षित भयो भने एउटा व्यतिm शिक्षित हुुन्छ तर एउटा महिला शिक्षित भयो भने सिङ्गो पिँढी नै शिक्षित हुुन पुुग्छ । इतिहास साक्षी छ, हरेक सफल व्यक्तिको पछाडि एउटा महिलाको हात हुुन्छ । अरूको कुुरा के गरौँ आज जुुन मेरो अस्तित्व छ जुुन ठाउँमा म पुुगेको छुु त्यो सम्पूूर्ण मेरी ममताकी सागर करूणामयी आमाकै देन हो । तसर्थ एउटा महिला परिवारको, समाजको र सिङ्गो राष्ट्रकै अपरिहार्य पाटोको रूपमा रहेको हुुन्छ । बिडम्बना विश्वका कतिपय ठाउँमा अहिले पनि महिलालाई सामाजिक र पारिवारिक दृष्टिले अभिशापको रूपमा हेर्दछन् । यस्तो पुुरूषप्रधान देशको समाजको नाकारात्मक र हिनतापूूर्ण सोच रहेछ कि पुुरूषको तुुलनामा महिला शक्तिशाली हुुँदैन । महिलालाई शक्ति, पूूर्ण अधिकार र स्वतन्त्रता दिइयो भने पुुरूषको आधिपत्य माथि खतरा आउन सक्छ । जन्मसँगै हरेक जीव आन्तरिक शक्ति लिएर जन्मन्छन् तर त्यो आन्तरिक शक्तिलाई पारिवारिक वातावरणले प्रभाव पार्दछ । हाम्रै समाजमा कतिपय महिलाको आन्तरिक शतिm पारिवारिक डर, सङ्कीर्ण सोचले दबिन पुुग्छ । यस्ता समस्या हुँुदाहुँदै पनि शिक्षाको प्रकाश जसमाथि प¥यो त्यो बीजरूपी महिला उम्रन पुुग्छ । यदि शिक्षाको प्रकाश महिलासम्म पुुग्यो भने हरेक महिला आत्मनिर्भर र स्वावलम्बी भई प्रज्वलित हुुनेछ । हरेक दिन सयौं निर्दोष कन्याको भ्रुूण हत्या हुनेछैन । सामाजमा महिला हिंसा, हत्या, शोेषण, बलात्कार, मानसिक द्वन्द्व, दुुःख, पीडासम्मका समस्यामा न्यूनीकरण हुुनसक्छ । सदियौँदेखि चल्दै आएको दाइजो प्रथा, घुँुघटो प्रथा, छाउडी प्रथा, देवकी प्रथा, विधवा प्रथा जस्ता अन्धविश्वासले गर्दा हरेक महिलाको अस्तित्व बल्झिएको छ ।हाम्रो पुुरूषप्रधान देशमा निर्दोष महिलाको स्वच्छ भावनासँग,उनीहरूको निरीह आँखाले देखेको सपना,

रगतको एक–एक थोपा, अस्तित्व, स्वभिमान र आत्मसम्मानसँग हामी थोपारिएको प्रथा मनाउने गरेका छौँ । महिलाका यी सम्पूर्ण नाद बिनाको रूदन, कथा–व्याथा र पीडालाई मात्र शिक्षाकै शङ्खनादले गुुञ्जायमान गराउन सकिन्छ । तराई भेगका समाजमा व्यापत दाइजो प्रथा एक कुुप्रथा क्यान्सर जस्तै चर्किएको घाउ हो । यसको प्रभाव कम हुनुुका सट्टा दिन प्रतिदिन यसको स्वरूप झन् बल्झिँदै गएको छ । पहिला बाजी समाजसम्म सीमित रहेपनि वर्तमान समयमा मुस्लिम, पहाडीलगायत थारू समाजसम्म सल्किँदै गएको छ । तसर्थ यो कुुप्रथाबाट बिकृत समाजलाई प्रभावमुुक्त गर्न आमाबुुबालाई कन्यादान नगरि शिक्षादान गर्ने उद्देश्यका साथै आफ्नो कर्तव्य सम्झिनुु पर्दछ । साथै शिक्षाको माध्यमले नै बेटी बचाउ, बेटी पढाउ, बेटीलाई आत्मनिर्भर बनाउ भन्ने नाराका साथ अघि बढ्नुु पर्दछ । वि.स. २०७२ को जनगनणाअनुुसार पुुरूष ७५ प्रतिशत शिक्षित भएपनि महिला जम्मा ३५ प्रतिशत तथ्याङ्क देखियो । दिएको तथ्याङ्कलाई मध्ये नजर गर्ने हो भने पुुरूषको तुुलनामा महिला ५० प्रतिशत नै शिक्षित देखियो । वि.स.२०७२ का संविधान अनुुसार महिलालाई शत प्रतिशतमध्ये कानूनी रूपमा जम्मा ३३ प्रतिशत अधिकार दिएको भएपनि हम्रो पुुरूषप्रधान समाजमा महिला अधिकार नाममै सीमित रहेको छ । जबसम्म महिला शिक्षित हुँदैनन् तबसम्म महिला कमजोर नै रहन्छन् । हाम्रो आँखा अगाडिको हृदयविदारक घटना हो एउटा निर्दोष बालिका निर्मलाको बलात्कार गरी निर्मम विभत्स हत्या भएको देखियो । तर, दुुःखको कुुरा अहिलेसम्म न्याय पाउन सकेन । यस्तो समाजमा त्यो शिक्षाको त्यो पुरूषत्वको के अर्थ ? आज पनि शिक्षाका अभावमा पहाडभन्दा तराईका महिलाहरू किल्चिएकै छन् । विशेषगरी तराई मूलमा प्रेमलाई स्वतन्त्र रूपमा स्विकार नगर्ने भएको कारण मधेशका छोरीहरू अहिले पनि शिक्षाबाट बञ्चित रहेका छन् । जातपातको भेदभावले गर्दा, अर्को जातसँग छोरी प्रेम ग¥यो भने आमाबुुबाको इज्जत, मानसम्मान माटोमा मिसिन्छ, नाक काटिन्छ भन्ने सङ्कीर्ण

सोचले गर्दा घर बाहिर शिक्षा प्राप्तिका लागि पनि बन्देज लगाइएको छ । यी सम्पूूर्ण समस्याको निवारण जबसम्म महिला शिक्षित हुँुदैनन् तबसम्म परिवर्तन हुुँदैन । एक समयमै एउटा महिला विभिन्न भूमिका निर्वाह गरेकी हुुन्छिन् । एउटै महिला आमा बनि छोराछोरीलाई शिक्षित बनाउँछिन् । दिदी बनी भाईबहिनीको मार्गदर्शक बन्छिन् । बुुहारी बनी सासुुससुुराको सहारा बन्छिन् । स्वास्नी बनी श्रीमान्को काँधमा काँध मिलाएर हिड्छिन् । एउटा प्रगतिशील घर, समाज, राष्ट्र हुुनका लागि महिला शिक्षा एक अनिवार्य पाटोको रूपमा रहेको हुुन्छ । यदि हामी सुुनौला भविष्य चाहिरहेका छौँ भने महिला शिक्षामा जोड दिनुु पर्दछ । भर्खर जन्मेका शिशुुलाई कुुन समयमा खाना, कति पोषण, कस्तो वाणी व्यवहार, कस्तो शिक्षा दिइने सम्पूर्ण कुराको ध्यान महिलालाई नै हुुन्छ । यदि कुुनै बच्चाको वर्तमान उज्यालो भएन भने भविष्य अन्धयारो हुुन पुुग्छ । एउटा घरबाट समाज, समाजबाट राष्ट्र बन्छ यदि घर नै शिक्षित भएन भने न समाज न राष्ट्र शिक्षित हुुन्छ । अशिक्षाको कारण विभिन्न किसिमका विकृति विसङ्गतिको जरो बन्न पुुग्छ र त्यसको असर सिङ्गो परिवार, समाज हुँदै राष्ट्रसम्म पर्छ । महिला र पुुरूष एक रथका दुुई पाङ्ग्रा हुुन्छन् । एउटा पाङ्ग्रा भएन भने त्यो रथ लङ्गडो जस्तै हो । जुुन समाजमा महिला शिक्षित छैन त्यो समाज पनि लङ्डो नै हो ।
तसर्थ एउटा महिला शिक्षित भयो भने सिङ्गो परिवार, समाज हुँदै राष्ट्रलाई परिवर्तनको मार्गमा लम्काउन सकिन्छ । विश्वको विकसित राष्ट्रहरूलाई पनि मध्यनजर गर्ने हो भने पुुरूषको तुुलनामा महिलाहरू पनि शिक्षामा अगाडि रहेको देखिन्छन् । कदममा कदम मिलाएर हिंडेका छन्, काँधमा काँध मिलाएर उभेका छन् । भर्खरको घटना हो अमेरीकाकी वैज्ञानिक क्रीस्टिनाले आन्तरिक्षको सबभन्दा लामो यात्री बनी इतिहास बदलेकी छिन् । विदेशीबाट पनि केही सिकेर हामी परिवर्तनको मार्गमा हिंडौँ । आफ्नो राष्ट्रलाई विश्व अगाडि चिनाउनुु छ भने महिलालाई अभिशापको रूपमा नहेरि वरदानको रूपमा हेरौँ । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया