जीपी कोइराला फाउण्डेशन अमेरीका र ब्यालेन्स ग्रुप इङ्कको कार्यक्रम न्युयोर्कमा हुने

प्रकाशित मिति:

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका र ब्यालेन्स ग्रुप इङ्क को संयुक्त सहकार्यमा नेपाल भ्रमण बर्ष २०२० को कार्यक्रम न्युयोर्कमा हुने भएको छ । उक्त कार्यक्रममा न्यूयोर्क राज्यको सिनेटरको प्रमुख आतिथ्य लगायत बिभिन्न विशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

साथै उक्त कार्यक्रममा अन्तराष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाको न्यूयोर्क राज्यको सीनेटरले चौथो गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नु हुने छ ।

दिनेशले पाँचौ विश्व रेकर्डको प्रयास गर्ने कार्यक्रम निम्न मिति स्थान र समयमा रहेको हुदा सो कार्यक्रममा न्युयोर्क आसपास रहनु हुने समस्त नेपाली समुदायहरुलाई उपस्थित भई खेलाडी दिनेशको हौसला बढाई सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु।

कार्यक्रम हुने मिति,स्थान र समय

मिति- 22 February, 2020, ठिक ६ बजे बेलुका
स्थानः जिविस सेन्टर अफ ज्याक्सन हाईट्स
न्युयोर्क अमेरिका।