पतञ्जली योगपिठ हरिद्धारका आचार्य बाल कृष्ण महाराज द्वारा बर्दगोरिया धाम विकास सस्थाको अवलोकन 

प्रकाशित मिति:

नवलपरासी/पतञ्जली योगपिठ हरिद्धारका आचार्य बाल कृष्ण महाराज ज्युले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ मा अवस्थित बाबा बर्दगोरिया धाम विकास विकास सस्थाको अवलोकन गर्नुभएको छ । बाबा बर्दगोरिया धाम विकास विकास सस्थाका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षता तथा पतञ्जली योगपिठ हरिद्धारका आचार्य बाल कृष्ण महाराज ज्युको प्रमुख आतिथ्यतामा सो अवलोकन कार्यक्रम समपन्न भएको हो । सो अवसरमा आचार्य बाल कृष्ण महाराज ज्युले बाबा बर्दगोरिया धाम विकास सस्थाको परिसरमा निर्माणाधिन रहेको पतञ्जली आचार्य गुरुकुलम, पतन्जली आयुर्वेदिक प्रशोधन केन्द्र, आयुर्वेदिक अस्पताल, छात्राबास, आचार्य गुरुकुलमको आवास लगाएतलाई स्थलगत अवलोकन गर्नुभएको हो ।

अवलोकन गर्दै आचार्यले यस धाम विकास सस्थाको परिसरमा निर्माण हुन लागेको पतञ्जली आचार्य गुरुकुलममा अंग्रेजी, विज्ञान, गणित लगाएत संसारका जुन सुकै ठाउमा जान सक्ने खालको शिक्षा प्रदान गरिने बताउदै यस विकास निर्माण कार्यमा सबैको साथ र सहयोगको अपेक्षा समेत गनुभयो । आचार्यले यस विकास निर्माण कार्यमा आफु लागिपरेको बताउदै यसबाट मुनाफा हुने जति अन्त कतै नभई देशमै समाजिक कार्यमा खर्चिने प्रतिबद्धता ब्यक्त समेत गर्नुभएको थियो । सो अवसरमा विशिष्ट अतिथिको रुपमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले यस धाम विकास सस्थाको परिसरमा निर्माणाधिन रहेका सरंचनाहरुले सुनवल नगरको मात्रै नभई देशकै लागी गौरवको कुरा रहेको बताउदै यस किसिमका कार्यमा सुनवल नगरपालिकाको सदैव साथ र सहोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल, सुनवल वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे, १२ का वडाध्यक्ष यमलला पाण्डे, १३ का वडाध्यक्ष एवं सुनवल नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटा, पतञ्जली योग पिठ नेपालका केन्द्रिय अध्यक्ष शालिकराम सिँह, पतन्जली योग पिठ हरिद्धार भारतका अन्य पदाधिकारही लागएत स्थानिय सामजसेवी, बुद्धिजिवीको समेत उपस्थिती रहेको थियो । धाम विकास सस्थाका उपाध्यक्ष नरपति पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव लेखनाथ ढकालले गर्नुभएको थियो । करिब ४० विघा क्षेत्रफलमा फैलिएको सो धाममा पतञजली योगपिठ र स्थानिय तहको गरि करिब ३ सय करोडको लागतमा सो निर्माण हुन लागेको सस्थाका अध्यक्ष नारायण प्रसालद तिवारीले जानकारी दिनुभएको छ ।