बिग बोसको बिजेता घोषणा विवादमा

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
27 Shares


एजेन्सी –  विग बोस १३ औं सिजनको बिजेता सिद्धार्थ शुक्लाको नाम घोषणा भएसँगै यस विषयलाई लिएर शो का आयोजकविरुद्ध प्रश्न उठ्न थालेको छ ।सामाजिक सञ्जालमा कार्यक्रम उत्पादक टिममाथि पक्षपात गरेको आरोप लागेको छ । सामाजिक संजाल प्रयोगकर्ताले जानीबुझिकन सिद्धार्थ शुक्लालाई बिजेता बनाइएको दाबी गरेका छन् ।सामाजिक संजालमा एउटा भिडियो भाइरल भएपछि आयोजकमाथि प्रश्न उठेको हो ।

द खबरी को ट्वीटरह्याण्डलबाट बाहिरिएको भिडियो विग बोसको कन्ट्रोल रुमको भिडियो हो । जहाँ केही व्यक्तिले सिद्धार्थ र आसिम रियाजलाई बराबर भोट आएको भनेर कुराकानी गरिरहेको देखिन्छ।द खबरीले यो भिडियो शेयर गरेर लेखेका छन्, ‘अब यो के हो ? जनताको बिजेता आसिम रियाज, आयोजकको बिजेता सिद्धार्थ शुक्ला ।’ आसिमले भने आयोजकले पक्षपात गरेकोबारे लगाइएको आरोप गलत भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया