भैसी वेचेर दशै मनाउने तयारीमा कर्मचारी

२५ आश्विन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


रामेछाप २५ असोज । जिल्ला प्राविधिक कार्यालय रामेछापका खापासटे कृष्ण प्रसाद पौडेल र उनका साथि श्याम पौडेलले यस वर्षको दशै घरको भैसि वेचेर मनाउने तरखरमा छन् । लामो समय देखी कार्यालयले तलव पनि खुवाउन नसकेपछि उनिहरुले आफनो गोठमा दुध खानको लागि पालेको भैसी विक्रि गर्ने निश्कर्शमा पुगेका हुन् ।

कार्यालय प्रमुख सहित ६ जनाको दरवन्दि रहेको प्राविधिक कार्यालयमा ४ जना सरुवा भएर गएकाले हाल उक्त कार्यालयमा कार्यालय प्रमुख र २ जना स्टाफ मात्र रहेका छन् । तीन मध्य २ जना स्टाफले भने गत साउन देखिनै तलव खान नपाएकोले दशैको मुखमा आएर आफुहरुलाई समस्या परेको वताए ।दशैमा लाग्ने खर्च र सामानको मुल्यवृद्धि लगायतका कारणले दशै मान्नका लागि आफुले भैसि वेच्नका लागि ग्राहक वोलाई सकेको पनि कृष्ण पौडेलले वताए । तर सो कार्यालयका कार्यालय प्रमुख कृष्ण लाल पीया आफुले भने तलव खाई सकेका छन् ।

जिल्लाको प्राविधिक कार्यालय मात्र होईन डिभिजन खानेपानी कार्यालय र डिभिजन सिंचाई कार्यालय लगाएतका कर्मचारीहरुले पनि तलव अहिले सम्म पनि तलव खान पाएको गुनासो गरेका छन् । उनिहरुले पनि गत साउन महिना देखिनै तलव खान नपाएको वताएका छन् ।
डिभिजन खानेपानी कार्यालयका प्राविधिक महेन्द्र प्रधानले पनि आफुहरु अन्यायमा परेको वताए ।

उनले भने दशैको मुखमा आएर कार्यालयले हामिलाई तलव खान नदिएर दशै मान्नकै लागि पनि समस्या पारेको छ । संघियताको लागु संगै सरकारले कार्यालय र कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय कायालयका कर्मचारीहरुलाई दशैको मुखमा आएर तलव खान र दर्वन्दी मिलानमा समेत समस्या परेको सरोकारवालाहरुले वताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया