फुटबल प्रतियोगितामा नवलपरासी ११ विजयी हुदै फाइनलमा प्रबेश गर्यो

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट १६, सूर्यनगरमा सुरु भएको ५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता आइतबार पनि सुर्यनगर खेल मैदानमा जारी छ । नव युवा क्ब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा सुरु भएको प्रतियोगिताको आइतबार नवलपरासी ११ र फसौटिकर फुटबल क्लब रुपन्देही बीच भएको सम्पन्न भएको सेमिफाइनल खेलमा नवलपरासी ११ का जर्सी नमबर १७ का टिम क्याप्टन सबि गुरुंगले दोस्रो हाफको ११ औ मिनेटमा गोल गर्न सफल भएपछीका विरुद्ध १ एक गोलले विजयी भई नवलपरासी ११ फाइनलमा प्रबेश गरेको छ । त्यस्तै सोमबार सेमिफाइनल खेलअन्र्तगत बागमती युथ क्लब सर्लाही ११ का झम्सी खेल युथ क्लब ललितपुर बीच खेल हुने आयोजकले बताएको छ ।

खेलको फाइनल प्रजातन्त्र दिवसको अवसरमा पारि फागनु ७ गते समापन हुने पनि आयोजकले जनाएको छ । सो अवरमा खेल सञ्चालन मै रहदा सो खेलकुदमा सहयोग पुर्याउने उदेश्यले जिल्ला फुटबल संघ नवलपरासी एन्फाद्धारा आयोजक नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुंगलाई ८ थान फुटबल फुटबल संका जिल्ला अध्यक्ष धन प्रसाद गुरुंले हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजयी हुने टिमले ३ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाेकृष्ट खेलाडीले ५ हजार, सर्वा्धिक गोलकर्ताले ५ हजार,उत्कृष्ट गोलरक्षकले ५ हजार,उत्कृष्ट मिड फिल्डरले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार पुरस्कार पाउने बताईएको छ । सो प्रतियोगिताको मिडिया पार्टनर सामुदायिक रेडियो दाउन्ने बर्दघाटले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया