व्यवसायीहरुको हितमा जापान परामर्श कमिटी गठन

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


जापानमा अध्ययनको निम्ती परामर्श दिने व्यवसायिहरु सङ्गठित भएका छन । चितवनको सौराहा नजिक रमाइलो डाडामा सम्पन्न ३ दिने कार्यक्रममा कपिलदेब थापाको अध्यक्षतामा १३ सदस्यिय तदर्थ कमिटी गठन गरिएको छ । ‘सफलताको निम्ती एकता’ भन्ने नारा सहित देशैभरिबाट प्रतीनिधिहरु सहभागी भेलाले नया कमिटी गठन गरेको हो ।टोपा एजुकेशनको प्रमुख आयोजनामा चितवनको रेड रुफ रिसोर्टमा सम्पन्न भेलाले ६ महिनाभित्र राष्ट्रीय सम्मेलन गर्ने गरी तयारी गरेको छ । तदर्थ समितिको अध्यक्षमा कपिलदेब थापा, उपाध्यक्षमा शेखर थपलिया, महासचिव बिमल ज्ञवालि, सचिव बाबुराम परियार, कोषध्यक्ष यादब प्रसाद देभकोटा, सदस्यहरुमा अशोक गौतम, मनोज बहादुर कार्कि, राजेन्द्र श्रेष्ठ, जमुना जोशि, सरोज थापा,

प्रकाश श्रेष्ठ, सन्जु तामाङ, रबिन्द्र निरौला रहेका छन ।सुबास राइ सम्रक्षक र टोप बहादुर थापा र राज महर्जन लाई सल्लाहकारमा चयन गरेको उक्त भेलाले सस्थाको नामाकरण, दर्ता प्रकृया र सम्मेलनको तयारी गर्नेछ ।उत्साही साथिहरु टिममा रहेकोले जापान सम्बन्धी धेरै कामहरु गर्न सकिने अध्यक्ष थापा बताउछन । जापानमा विध्यार्थी भिषामा कसरी सहज ढङ्गले लैजान सकिन्छ भन्नेबारे १२ बुदामा छलफल गरिएको थियो । फेब्रुअरी १४ देखी सुरु भएको कार्यक्रम १६ तारिकमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सन्चालन तिर्थ भण्डारिले गरेका थिए ।कमिटी गठन लगत्तै सस्थाले धुर्मुस सुन्तली फाउन्डेसन चितवनमा श्रमदान गरेको छ । सस्थाका अध्यक्ष, सम्रक्षक र पदाधिकारिको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया