कपाल बेचेर ‘भोका सन्तानलाई भात खुवाएकी आमा

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
38 Shares


तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन्। बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे। तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो। आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो। तर त्यसपछि के भयो भन्ने कुराले सबैलाई प्रेरित गर्छ। मृ’त्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे। त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो।

उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे। आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमान्‌ले ऋण लिए। तर योजना अनुसार सफल भएनन्। निराश भएर गत वर्ष उनले आ’त्मह’त्या गरे। त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो। तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन्। “काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन,” सेल्भमले बीबीसीसँग भनिन्। त्यसपछि उनी बिरामी भइन्। उनले पहिले जति कमाउन सकिनन्।“म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ। ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ।” उनी तीन महिनाका लागि बि’रामी भइन्। तिर्नुपर्ने ऋण धेरै भयो र खानेकुराका भाँडा रित्तियो। “मेरो सात वर्षको छोराले एक दिन स्कुलबाट आएर खानेकुरा माग्यो,” उनी भन्छिन् ।”त्यसपछि भोक लाग्यो भनेर रुन थाल्यो।” सेल्भमसँग बेचेर पैसा आउने केही थिएन। “मसँग १० रुपैयाँ पनि थिएन। केही प्लास्टिकका बाल्टी मात्रै थिए।” “कपाल किन्ने गरेको एउटा पसल सम्झिएँ,” सेल्भमले भनिन्। विश्व बजारमा मानिसको कपाल निर्यात गर्ने भारत एउटा मुख्य निर्यातकर्ता हो।

केही हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आफ्नो मनोकामना पूरा भएको ठानेपछि कपाल खौ’रिन्छन्। “म त्यही पसलमा गएँ र १५० रुपैयाँमा पूरै कपाल बेचेँ।” त्यो पैसा त्यति धेरै नलाग्न सक्छ। त्यति पैसाले एउटा ठूलो सहरको रेस्टुराँमा केवल एक छाक खाना खान पुग्ला। तर सेल्भमको गाउँमा भने उनले त्यति पैसामा धेरै कुरा किन्न सकिन्छ। “मैले तीनजना बच्चाका लागि २० रुपैयाँ पर्ने प्याकेटमा भएको पाकेको भात किनेँ,” उनले भनिन्। तर त्यस्तो राहत अस्थायी थियो। सेल्भमसँग अब अरू केही विकल्प थिएन। र, उनले थप उपायहरूबारे सोच्न थालिन्।आ’त्मह’त्या गर्ने सामान किन्न उनी नजिकैको एउटा पसल पुगिन्। तर उनको दुखी अवस्था देखेका पसलेले केही पनि बेचेनन्। घर फर्किएर सेल्भमले आ’त्मह’त्याको अर्को उपाय खोज्ने निर्णय गरिन्। तर छिमेकमा रहेकी उनकी बहिनी त्यतिबेला नै आइपुगिन् र सेल्भमलाई आ’त्मह’त्या गर्नबाट रोकिन्। त्यसको केही दिनपछि अनपेक्षित रुपमा उनलाई एउटा सहयोग मिल्यो। प्रेमाको त्यस्तो अवस्थाबारे बाला मुरुगनले आफ्ना एक साथीबाट थाहा पाए जो त्यही क्षेत्रमा एउटा इँटाभट्टा चलाउँछन्। प्रेमाको अवस्था सुन्ने बितिक्कै मुरुगनले आफ्नो परिवारले गुजारेका क’ठिन दिनहरू सम्झिए।

गरिबीले मानिसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने मुरुगनले १० वर्षकै उमेरमा थाहा पाएका थिए। त्यतिबेला उनको परिवारमा पनि खानका लागि केही थिएन। उनकी आमाले चामल किन्नका लागि पुराना किताब र पत्रिकाहरू तौल जोखेर बेचेकी थिइन्। च’रम नि’राशाको अवस्थामा मुरुगनकी आमाले सन्तानसँगै आफू पनि मर्ने निर्णय गरेकी थिइन्। तर अन्तिम अवस्थामा उनको मन परिवर्तन भयो। उनका परिवारले उनलाई अस्पताल दौडाए र उनी बाँचिन्। जुन अवस्थामा मुरुगन हु’र्किएका थिए अहिले त्यो अवस्थाबाट धेरै माथिको जीवन उनी बाँ’चिरहेका छन्।वर्षौंको सङ्घर्षपछि अहिले उनी गरिबीको अवस्थामा छैनन्। उनले एउटा कम्प्यूटर ग्राफिक्स केन्द्र सञ्चालन गरिरहेका छन्। प्रेमा सेल्भमजस्ता गरिबका लागि ल्याइएका सरकारी योजना उनीहरूसम्म पुग्दैनन् मुरुगनले सेल्भमलाई भेटेर आफ्नो सङ्घर्षका कथा सुनाए र आशा न’मार्न सुझाए। आफ्ना साथी प्रभू र उनले मिलेर प्रेमालाई खानेकुरा किन्न केही पैसा दिए। त्यसपछि सेम्भमको परिवारको अवस्थाबारे सामाजिक सञ्जालमा लेखे। “एक दिनमा मैले एक लाख २० हजार भारतीय रुपैयाँ प्राप्त गरेँ। यो कुरा जब मैले प्रेमा सेल्भमलाई भनेँ उनी निकै खुसी भइन् र यति रकमले त आफ्नो धेरैजसो ऋण तिर्न पुग्ने बताइन्,” उनले बीबीसीलाई भने।

तर प्रेमा सेल्भमको अनुरोधमा त्यसरी पैसा उठाउने काम रो’कियो। “उनले आफू काममा फर्किएर बाँकी पैसा तिर्छु भनिन्,” मुरुगनले व्याख्या गरे। सेल्भमले छुट्टाछुट्टै साहुलाई गरी अहिले महिनामा ७०० रुपैयाँ तिर्नुपर्छ। जिल्लाका अधिकारीहरूले उनलाई दुध बेच्ने काम व्यवस्था गरिदिने वाचा गरेका छन्। उनको अवस्था बिस्तारै सुध्रिदैछ। तर दुखको कुरा भारतमा उनको अवस्था मात्रै फरक खालको होइन। भारतको आर्थिक वृद्धि राम्रो हुँदाहुँदै पनि लाखौं मानिसहरू दुई छाक पेट भर्न सङ्घर्ष गरिरहेका छन्। विश्व ब्याङ्कका अनुसार चरम गरिबी भएका मानिसहरू धेरै रहेको देशमा भारत दोस्रो नम्बरमा पर्छ।त्यस्ता मानिसहरू दिनमा दुई सय भारतीय रुपैयाँभन्दा कम कमाउँछन्। सेल्भमको अर्को अप्ठ्यारो भनेको भारतका करोडौं मानिसहरू जस्तै उनी पढ्न वा लेख्न जान्दिनन्। परिणामस्वरुप भारत सरकारले उनीजस्ता गरिबका लागि ल्याएको योजनाबारे बेखबर छिन् ।”मलाई आ’त्मह’त्या गर्छु भन्ने मेरो निर्णय गलत थियो भन्ने लाग्छ,” प्रेमा सेल्भमले भनिन्।”अब बाँकी ऋण तिर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ।”-बिबिसी 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने