बुटवलका गौतम केन्द्रिय सदस्यमा चयन

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल-जापानमा अध्ययनका निम्ती परामर्श दिने व्यावसायिहरुको बृहत भेला चितवनको सौराहामा सम्पन्न भएको छ । टोपा शैक्षिक सञ्जालको मुख्य आयोजनामा भएको भेलाले जापान अध्ययनको परामर्श सेवालाई अझै ब्यव्यस्थित गराउने उदेश्यले १३ सदस्यीय समिती गठन गरेको छ ।

समितिको अध्यक्षमा कपिलदेब थापा, उपाध्यक्षमा शेखर थपलिया, महासचिव बिमल ज्ञवालि, सचिव बाबुराम परियार, कोषाध्यक्ष यादब प्रसाद देवकोटा , सदस्यहरुमा अशोक गौतम, मनोज बहादुर कार्कि, राजेन्द्र श्रेष्ठ, जमुना जोशि, सरोज थापा, प्रकाश श्रेष्ठ, सन्जु तामाङ, रबिन्द्र निरौला रहेका छन ।सुबास राइ संरक्षक र टोप बहादुर थापा , राज महर्जन लाई सल्लाहकारमा चयन गरेको उक्त भेलाले संथाको नामाकरण, दर्ता प्रकृया र सम्मेलनको तयारी गर्नेछ । बुटवल लगायत पश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य भएका गौतम बुटवलको प्रतिष्ठित एजुकेशनल कन्सल्टेन्सी ओम एजुकेशन कन्सल्टेन्सीका संचालक हुन ।