घाँस काटिरहेको अवस्थामा लडेर दुईको मृत्यु !

प्रकाशित मिति:

जाजरकोट, २५ असोज/बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिनुभयो । स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उहाँको पनि आज बिहान मृत्यु भएको हो ।

(रासस) ः