सप्तरीमा जारी मुश्लिमसभामा सहभागी एक भारतीयको मृत्यु

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
5 Shares


सप्तरी/सप्तरीको बोदेबर्साइन नगरपालिका(५ जाँजरमा जारी मुस्लिम समुदायको ३ दिने धार्मिक सम्मेलन ‘इज्तिमा’ सहभागी एक भारतीयको मृत्यु भएको छ ।अचानक बिरामी परेका हारुन रसिदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला निवासी रहेको सप्तरी प्रहरीले जनाएको छ ।शनिबार एक्कासी बिरामी परेका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो धार्मिकसभामा सहभागी अन्य पनि बिरामी परेको जनाइएको छ । बिरामको कारण भने खुलेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया