मोटरसाइकलसहित दुई जना पक्राउ

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
4 Shares


काठमाडौं/चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेका छन् ।मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए ।प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो ।उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया