दक्षिण अफ्रिकाविरुद्धको टी- ट्वान्टी सिरिज इङ्ल्याण्डलाई

प्रकाशित मिति:

काठमाडौं / दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले २- १ ले जितेको छ ।सेन्चुरियनमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २(१ ले जितेको हो ।दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २१ बलमा अर्धशतक पुरा गर्दै सर्वाधिक कम बलमा अर्धशतक पुरा गर्ने कीर्तिमानमा बराबरी गरे ।यस्तै जोनी बेयरस्ट्रोले ६४ तथा जोस बटलरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय इनिङ्स खेल पनि इंग्ल्याण्डलाई हराउन सकेनन । यस्तै टेम्बा बाभुमाले ४९ रन बनाए । क्विनटन डी कक र डेभिड मिल्लरले समान ३५र३५ रन बनाए ।