यज्ञ र हवनमा के फरक छ जान्नुहोस 

प्रकाशित मिति:

एजेन्सी /हवन यज्ञको एक छोटो रुप हो । कुनै पनि पूजा तथा जप आदि कार्यपछि अग्निमा दिइने आहुति प्रक्रिया हवनको रुपमा प्रचलित छ । यज्ञ भने कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यसमा देवता, आहुति, वेद मन्त्र, ऋत्विक, दक्षिणा अनिवार्य रहेको हुन्छ ।

हवन हिन्दू धर्ममा शुद्धीकरणको एक कर्मकाण्ड हो । कुण्डमा अग्निको माध्यमबाट देवताको नजिक हवि यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ, घिउ, चरु आदि हवनीय द्रव्य पुर्‍याउने प्रक्रियालाई हवन भनिन्छ ।हवनकुण्डमा अग्नि प्रज्वलित गरेपछि उक्त पवित्र अग्निमा फल, घिऊ, काठ दाउरा आदि चिजको आहुति दिइन्छ । यदि तपाईंको आसपास कुनै नराम्रो आत्मा आदिको प्रभाव रहेको छ भने हवन प्रक्रियाबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।