मूल्यवृद्धि १० प्रतिशतले नाघ्यो

प्रकाशित मिति:

काठमाडौं/ तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ ।आर्थिक वर्ष ९आव० २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्न्सििङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ ।

यसबाट समग्रमा मूल्यवृद्धिमा चाप पर्दा पुससम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाएको छ ।आव २०७५र७६ को यही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा प्राथमिक वस्तुसमूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सुर्तीजन्य पदार्थ एवम् छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ । तर, निर्माण सामग्रीको थोक मूल्य ५ दशमलव शून्य ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।