नेपाली सेनाभित्र रहेको आफन्तवादको अन्त्य गर्छौः प्रधानसेनापति थापा

प्रकाशित मिति:

असोज २५ काठमाडौं । प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाभित्र रहेको आफन्तवादलाई अन्त्य गर्दै सैनिक संगठनलाई अझ बलियो बनाएर लैजाने बताउनु भएको छ । गत भदौंमा प्रधानसेनापति पदमा नियुक्त हुनुभएका थापाले पदको जिम्मेवारी पाइसकेपछिको पहिलो पत्रकार सम्मेलन गर्दै नेपाली सेनाभित्र रहेको बेथितिको अन्त्य गर्दै सेनालाई आधुनिकिकरण गर्ने बताउनुभएको हो ।

नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भन्नुभयो, ‘नेपाली सेना एक गैर राजनितिक संस्था हो, यसले मुलुकको संविधान र कानुनको रक्षा गर्दै आएको छ । अहिले मुलुकमा विखन्डन गर्ने तत्वहरु बढिरहेको अवस्था छ, त्यस्ता तत्वहरुको जरैदेखि निमूर्ल पार्नका लागि सेना सदैव तत्पर रहेको छ ।’ दैशैं र तिहारको अवसरमा आयोजित उक्त सम्मेलनमा उहाँले मुलुकभर सुरुक्षा चुनौती बढ्दै गएको र त्यस्ता चुनौतिको सामना गर्नका लागि नेपाली सेना सधैं तयार रहेको पनि बताउनुभयो ।

मुलुकमा संघियता लागु भैसकेको अवस्थामा नेपाली सैनिक संरचनालाई पनि विकेन्द्रीकरण गर्दै लैजाने र मुलुकमा हुने दोन्द्ध र युद्धका समय सेनाको सहि परिचालन गरिने उहाँले बताउनुभयो, नेपाली सेनाको मुख्य म्यानडेट भनेको नागरिकको सर्वोच्ताको रक्षा गर्नु हो । त्यसैले अब नेपाली सेनाभित्रको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउँदै त्यसलाई व्यवसायिकिकरण गर्नु हाम्रो मुख्य उद्दश्य हो ।’ उहाँले भन्नुभयो ।

अहिले नेपाली सेनाको संख्या धेरै भएको भनेर आलोचना भैरहेका बेला उहाँले नेपाली सेनाको स्वरुप र आधार तयार गरिसकेपछि मात्रै संख्या कटौति गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘नेपाली सेना मुलुकको विकास र निमार्णमा अगाडी बढेको छ । नेपाली सेनाले निमार्ण गर्दै गरेको तराई मधेश दुर्तमार्गको निमार्ण कार्य पनि तिब्र रुपमा अगाडी बढेको छ ।’

यस्तै सेना संगठनभित्र अपादर्शिता रहेको गुनासो पनि उठ्ने गरेको हुँदा त्यसलाई पारदर्शी बनाउनको लागि सैनिक अर्थिक निर्देशिका लागु गर्ने र सैनिक विशेष अदालतलाई पनि प्रभावकारी बनाउन नेपाली सेना लागि परेको पनि उहाँले बताउनुभयो ।