मापसे गरी कांग्रेस नेताले चलाएको कारले ठक्कर दिँदा पैदल यात्रु गम्भीर घाइते

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


घोराही – नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद गेहेन्द्र गिरीले मादक पदार्थ सेवन गरी चलाएको कारले ठक्कर दिँदा एकजना पैदल यात्रु गम्भीर घाइते भएका छन् ।दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने स्थानमा गिरीले चलाउँदै गरेको बा २० च २२३९ नम्बरको कारले आइतबार साँझ पैदल यात्रुलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार गिरीको कारले ठक्कर दिएर गम्भीर घाइते हुने पैद यात्रुमा कैलालीको धनगढी घर भइ दाङको लमही क्षेत्रमा बस्दै आएका ३५ वर्षीय रकमबहादुर विक छन् ।

घाइते विकको टाउको र घुँडामा चोट लागेको छ । लमही अस्पतालमा प्रारम्भिक उपचार पछि विकलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले ठक्कर दिने कार र कारका चालक पूर्व सांसद गिरीलाई नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका क्रममा पूर्व सांसद गिरीले मदिरा सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर
  • भारतबाट मिचिएका नेपाली भुभाग फिर्ता गर्ने प्रधानमन्त्रिको दाबी