रुपन्देहीमा लन टेनिस

प्रकाशित मिति:

दिपक न्यौपाने , बुटवल । पछिल्लो समय प्रदेश पाचकै सर्वोउत्कृष्ट रुपन्देही लन टेनिस सघंले आफ्ना गतिबिधि र कार्यक्रमलाइ निरन्तरता दिदै ग्रास रुटबाटै खेलाडी उत्पादनमा जोड दिदै आएको छ । बि.सं २०७१ सालमा स्थापना भएको सघं छोटो समयमा सबैभन्दा बढी प्रतीयोगीता गर्दै उपत्यकका बाहिरको उत्कृष्ट सघंका रुपमा उभिन सफल भएको छ ।  उपत्यकका बाहिर पोखरा पछी बुटवलको देबिनगरमा ४ वटा लन टेनिस कोर्ट निर्माणपछी प्रतीयोगीताको रफ्तार पनी ह्वात्तै बढेको हो । पहिलो र दोस्रो संस्करणको खुल्ला लन टेनिस प्रतीयोगीता सम्पन्न गरेको सघंले तेस्रो संस्करणको तयारी पुरा गरेको छ । देशैभरबाट बिभिन्न बिधामा १०० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेने प्रतीयोगीता सोमबारबाट देबिनगरमा शुरु हुनेछ । आठौ राष्ट्रिय खेलकुदको लागी राखेपले निर्माण गरेको कोर्टमा नियमीत प्रतीयोगीता त भइरहन्छन नै स्थानीय खेलाडी उत्पादनमा समेत सघंले बिशेष चासो दिएको छ ।हामीले बिधालयका बिधार्थीहरुलाइ नियमीत प्रशिक्षण दिइरहेका छौ , रुपन्देही टेनिस सघंका नवनिर्वाचित अध्यक्ष एवम खेलाडी सन्जय श्रेष्ठले दैनिक लुम्बिनीलाइ भने – कुनै पनी खेलको बिकासका लागी ग्रासरुटबाट नै अगाडी बढ्नुपर्ने हुदा प्रशिक्षक बिकास खड्का मार्फत जुनियर खेलाडीहरुलाइ प्रशिक्षण दिइरहेका छौ । रुपन्देहीमा छोटो समयमा फड्को मारेको सघंले खेलाडीको भावना अनुसार समय समयमा रिफ्रेस कोर्षदेखी आन्तरीक प्रतीस्पर्धा पनी गराउदै आएको छ । झन्डै १६ लाख खर्च गरेर सघंले तेस्रो बुटवल खुल्ला लन टेनिस आयोजना गर्दै गर्दा स्थानीय खेलाडीलाइ पनी उत्तिकै प्राथमिकतामा राखेको छ । सघंका सचिब गोपाल ज्ञवाली पर्याप्त बजेट भएर टेनिस नगरिएको , देशैभरका खेलाडीलाइ जम्मा गराएर रुपन्देही अन्य खेलजस्तै टेनिसको पनी हब हो भन्ने सन्देश दिनका लागी कार्यक्रम गरिएको बताउछन । स्थानीय ,प्रदेश र केन्द्र सरकारको साथ रहे आगामी दिनमा एसिया भरका खेलाडीहरुलाइ बुटवल ल्याएर लन टेनिसमा अर्को सन्देश थप्ने उनको दाबी छ ।

८ बिधा ,सयबढी प्रतीस्पर्धी  रुपन्देही लन टेनिस संघका अनुसार विभिन्न ८ विधामा संचालन गरिने प्रतियोगितामा १ सय बढी खेलाडीको सहभागिता रहने छ ।प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी ,४५ वर्ष माथी र ५५ वर्ष माथीका प्रतियोगितामा प्रतीस्पर्धा गराइने संघका सचिव गोपाल ज्ञवालीले बताए । त्यसैगरि डवल तर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथीका बीच प्रतिष्पर्धा गराईने छ । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ ।त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फ प्रथम हुनेले २० हजार ३५ वर्ष र ४५ वर्ष माथीकाको प्रथमले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएका छन । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेका छन । प्रतीयोगीताको एक समारोहका बिच पुर्व कृषीमन्त्रि तथा प्रतीनिधिसभा सदस्य छबिलाल बिश्वकर्माले उद्घाटन गर्ने तय भएको सघंका उपाध्यक्ष मनोजबस्नेतले बताए ।