कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङफेले आज (सोमबार) दिउँसो साढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छिन् ।

नेकपाले अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएकी थिइन् । सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुखका लागि अर्का उम्मेदवार उठाएपछि शिवमायाले राजीनामा दिनु परेको थियो । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु